ताजा समाचार

बाजुराको छेडेदह गाउँपालिकामा कांग्रेसका नरबहादुर राउत विजयी

बाजुरा, १६ असार । बाजुराको छेडेदह गाउँपालिकामा नेपाली काँग्रेस विजयी भएको छ । काँग्रेसका उम्मेदवार नरबहादुर राउत विजयी भएका हुन् । उनी ३ हजार ७ सय ५ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी लालबहादुर ओलीले ३ हजार १ सय मत ल्याए ।

यस्तै उपाध्यक्षमा कांग्रेसकै कुन्ती बुढा साउद ३ हजार ६ सय ७१ मत ल्याएर विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी पवित्रा शाहीले ३ हजार १ सय २५ मत ल्याईन् । बाजुराका ९ वटा स्थानीय तहमा एमाले र कांग्रेसले एक एक स्थानीय तहमा विजय हासिल गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org