ताजा समाचार

गृहजिल्ला डडेल्धुरामा देउवालाई ठूलो झट्काः अमरगढी नगरपालिकामा एमाले विजयी


डडेल्धुरा, १६ असार । प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुराको अमरगढी नगरपालिकामा एमाले विजयी भएको छ । काँग्रेसको गढ मानिएको अमरगढीमा एमाले विजयी भएको हो । अमरगढीको मेयरमा एमालेका विश्वेश्वरप्रसाल ओझा (विपीन) विजयी भएका छन् । उनले कांग्रेसका डिल्लीराज जोशीलाई पराजित गर्दै मेयरमा विजयी भएका हुन् ।

यस्तै उपमेयरमा पनि एमालेकै संगीता भण्डारी विजयी भएकी छन् । अमरगढी जिताउन देउवा यसपटक एक साता सदरमुकाम बसेका थिए । तर देउवालाई ठूलो झट्का लागेको छ ।

एमालेले अमरगढी नगरपालिकामा ऐतिहासिक जित हासिल गरेपछि विजय उत्सव मनाउन थालिसकेको छ । निर्वाचन कार्यालयले अन्तिम मत परिणाम औपचारिक घोषणा गरिसकेको छैन । दोस्रो चरणमा चुनाव भएका १ सय ११ नगरपालिकामध्ये एमालेले अमरगढी जितेर नगरपालिकातर्फ विजयी शुरुवात गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org