ताजा समाचार

मदन भण्डारी जन्मिएको तथा योगेश भट्टराईको गाउँपालिकामा एमालेको प्यानलै विजयी

ताप्लेजुङ, १६ असार । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा एमालेको पूरै प्यानल विजयी भएको छ । एमालेका राजन थक्लुङ १ हजार ८ सय १५ मत प्राप्त गरी गाउँपालिका अध्यक्षमा निर्वाचित भएका छन् । उपाध्यक्षमा पनि एमालेकै कैसिला थुक्लुङ निर्वाचित १ हजार ९ सय मत प्राप्त गरि बिजयी भएकी छन् ।

अध्यक्षमा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बर लिम्बुले १ हजार २ सय १९ मत प्राप्त गरे भने उपाध्यक्षमा कांग्रेसकी सुजता लिम्बुले १ हजार ८४ मत प्राप्त गरेकी छन् ।

मैवाखोला गाउँपालिकाको ६ वटै वडामा एमाले नै विजयी बनेको निर्वाचन अधिकृत खडानन्द पराजुलीले जानकारी दिए । वडा नम्बर १ मा दुर्गा तामाङ, २ मा सुरेन्द्र लिम्बु, ३ माथर्ककुमार लिम्बु, ४ पूर्णहाङ लिम्बु, ५ माकुलबहादुर लिम्बु र ६ मा विष्डाुप्रसाद नेयोङ विजयी भएका छन् ।

मैवाखोला एमालेका तत्कालीन महासचिव स्वर्गीय जननेता मदनकुमार भण्डारीको जन्मस्थल हो । एमालेका सचिव तथा प्रचार बिभाग प्रमुख योगेश भट्टराई पनि यहि गाउँपालिकाका बासिन्दा हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org