ताजा समाचार

अपहरणमा परेका तुलसीपुरका व्यापारी श्रेष्ठको शव सल्यानको जंगलमा फेला

काठमाडौं, १६ असार । दाङको तुलसीपुरका अपहरणमा परेका ब्यापारी राजकुमार श्रेष्ठको शव सल्यानको जंगलमा भेटिएको छ । सल्यानको पाथिभरा लेकमा श्रेष्ठको शव फेला परेको हो । घना जंगलमा उनको शव भेटिएको प्रहरीले जनाएको छ । कुहिएको अवस्थामा शव फेला परेको सल्यान प्रहरीले जनाएको छ ।

ब्यापारी श्रेष्ठ गत जेठ २६ गते साँझ अपहरणमा परेका थिए । अपरहणमा परेका श्रेष्ठको खोजीका लागि सिआइबी र अपराध महाशाखाबाट विज्ञहरूको टोली खटिएको थियो । टोलीले अपरहणमा संलग्न केहीलाई पक्राउ गरेपछि उनीहरूको बयानका आधारमा शव पत्ता लागेको दाबी गरिएको छ ।

श्रेष्ठको अपहरणमा एक युवती र भारतीय पेशेवर व्यक्ति प्रयोग भएको प्रहरीको निष्कर्ष छ । सोही दिन अपहरणमा परेका रणबहादुर घर्तीको अवस्था अझै अज्ञात छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org