ताजा समाचार

पाल्पाको तानसेन नगरपालिकामा एमालेका अशोक शाही दोस्रो पटक मेयरमा विजयी

पाल्पा, १८ असार । पाल्पाको तानसेन नगरपालिकाको मेयर उपमेयर दुवैमा एमाले विजयी भएको छ । मेयरमा एमालेका अशोक शाही ७ हजार ६ सय ७१ मत सहित विजयी भएका छन् । उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अजयमान कर्मचार्यले ५ हजार ५ सष् १७ मत पाएका छन् । तासेनको उपयमेयरमा पनि एमालेकै लक्ष्मी पाठक ७ हजार ८१ मतसहित विजयी भएकी छन् ।

उनका निकटतम प्रतिद्धन्द्धी कांग्रेसकी लालकुमारी रानाले ५ हजार ७ सय ३७ मत प्राप्त गरेकी छन् । नवनिर्वाचित मेयर शाही २०५४ मा पनि एमालेको तर्फबाट तानसेनको मेयर निर्वाचित भएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org