ताजा समाचार

गुल्मीको सत्यवती गाउँपालिकामा कांग्रेस विजयी, एमाले ६७ भोटले पराजित

गुल्मी, १८ असार । गुल्मीको सत्यवती गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेस–माओवादी गठबन्धनबाट अध्यक्षका उम्मेदवार कांग्रेसका पाराश्वर ढकाल ५ हजार १ सय ९७ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमाले–जनमोर्चा गठबन्धनका उम्मेदवार अम्मर सिञ्जापतिले ५ हजार १ सय २९ मत प्राप्त गरे । ढकालले सिञ्जापतिसँग ६७ मत अन्तरले विजयी भएका हुन् ।

त्यस्तै उपाध्यक्षमा एमालेका सूवर्ण शाही ५ हजार ४ सय ८१ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी कांग्रेस–माओवादी गठबन्धनको तर्फबाट माओवादीकी टोकला थापाले ४ हजार ९ सय ३५ मत प्राप्त गरे ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org