ताजा समाचार

ताप्लेजुङको याङवरक गाउँपालिकामा एमाले विजयी

ताप्लेजुङ , १८ असार । ताप्लेजुङको याङवरक गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका केशरकुमार मेन्याङवो विजयी भएका छन् । उनले २ हजार ५ सय १७ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामबहादुर कङलिबाले २१ सय ८१ मत प्राप्त गरे ।

उपाध्यक्षमा २ हजार ४ सय ७६ मतका साथ नेकपा एमालेका रनमाया गुरुङ विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस र माओवादी संयुक्त गठबन्धनका नेत्र न्यौपानेले १ हजार ५ सय ४७ मत पाए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org