ताजा समाचार

सोलुखुम्बुको दुधकुण्ड नगरमा कांग्रेस, नेचा गाउँपालिकामा एमाले विजयी

सोलुखुम्बु, १८ असार । सोलुखुम्बुको एक मात्र नगरपालिका सोलुदुधकुण्ड नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । १० वटै वडाको मतगणना सकिँदा नेपाली कांग्रेसका नाम्गेल जाङ्गबु शेर्पा २ हजार ७५१ मत ल्याइ मेयरमा विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका आङइगेले झलक शेर्पाले २ हजार ६०१ मत ल्याए ।

उपमेयरमा भने नेकपा एमाले विजयी भएको छ । नेकपा एमालेका कल्पना राई २ हजार ७६० मतसहित विजयी हुँदा नेपाली कांग्रेसकी छिन्डील्हमु शेर्पाले २ हजार ७१७ मत ल्याइन् ।

त्यस्तै नेचा सल्यान गाउँपालिकामा पनि नेकपा एमालेका डुफकुमार बास्तोला विजयी भएका छन् । बास्तोलाले १ हजार ६९८ मतसहित जित हासिल गरे भने उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका धनजन राईले १ हजार ६५६ मत प्राप्त गरे । नेचासल्यानको उपप्रमुखमा नेपाली कांग्रेसका कुमारी घिमिरे २ हजार २ मतसहित विजयी भएकी छन् ।

योसँगै नेकपा एमालेले सोलुखुम्बु जिल्लाको ४ स्थानीय तह खुम्बुपासाङ्ग ल्हामु, सोताङ्ग, दुधकोशी तथा नेचासल्यान गाउँपालिकामा जित दर्ता गराएको छ ।

नेकपा माओवादी केन्द्रले लिखुपिके, महाकुलुङ र नेपाली कांग्रेसले सोलुदुधकुण्ड नगरपालिका जितेको छ । अब दुधकौशिका गाउँपाालिकाको मात्र नतिजा आउन बाँकी रहेको छ । मतगणना चलिरहेको सो गाउँपालिकामा अहिले माओवादी केन्द्रले अग्रता लिइरहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org