ताजा समाचार

डोटीमा मत गणना सम्पन्न, ५ स्थानमा विजयी हुँदै एमाले पहिलो, काँग्रेस ३ र माओवादी १ स्थानमा

डोटी, १८ असार । डोटीका नौ वटै स्थानीय तहको मत गणना सम्पन्न भएको छ । २ नगरपालिका र ७ ओटा गाउँपालिका रहेको डोटीमा एमाले ५ स्थानीय तहमा विजयी हासिल गरेको छ । त्यस्तै नेपाली कांग्रेसले ३ र माओवादी केन्द्रले १ स्थानीय तहमा जित हासिल गरेको हो । २ नगरपालिका मध्ये एमाले र काँग्रेस एक एक ठाउँमा विजयी भएका छन् ।

एमालेले जितेका स्थानीय तहः

१. दिपायल शिलगढी नगरपालिका
मेयर, मञ्जु मलासीः ४४१८
२. सायल गाउँपालिका
प्रमुख, तेज डुम्रेः २६३१
३. आदर्स गाउँपालिकाः
प्रमुख, टेक बहादुर रोकायाः ३५३५
४. पुर्बिचौकि गाउँपालिका
प्रमुख, दीर्घ बोगटीः ३६१५
५. जोरायल गाउँपालिकाः
प्रमुख, दुर्गा ओझाः ३८७४

कांग्रेसले जितेका स्थानीय तहः

१. केआर्इिसंह गाउँपालिका
प्रमुख, लोकेन्द्र शाहीः ३१८८
२. बडि केदार गाउँपालिका
प्रमुख, कृष्ण बहादुर चन्दः २८१३
३. शिखर नगरपालिका
मेयर, सिताराम जोशीः ५३२८

माओबादी केन्द्रले जितेका स्थानीय तहः

१. बोकटान गाउँपालिका
प्रमुख, कमल गड्सिला एनानः २०७९

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org