ताजा समाचार

अपडेटः पर्वतमा पहिरोले घर पुरिएर बेपत्ता भएका तीनै जनाको शव भेटियो

पर्वत, १८ असार । पर्वतको होस्राङ्गदीमा गएको पहिरोमा पुरिएका तीन जनाको मृत्यु भएको छ । महाशिला गाउँपालिका १ होश्राङ्दीमा गएराती वर्षासँगै आएको पहिरोले घर पुरिँदा वेपत्ता भएका तीन जनाको शव फेला परेको हो ।

साविकको होश्राङदी गाविस १ का ६३ वर्षिय तीर्थबहादुर मल्लको घर बस्तीमाथिको डाँडाबाट आएको पहिरोले परिँदा घर धनी मल्ल, उनकी आमा ८० वर्षिया बिनाकुमारी मल्ल र श्रीमती ५५ वर्षिय यमकुमारी मल्लको मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्थानीयवासी र सुरक्षाकर्मीले विहानैदेखि खोजीकार्य गर्दा उनीहरुलाई मृत अवस्थामा फेला पारेका हुन् । मल्लका छोरा भारतीय सेनामा कार्यरत छन् । भने बुहारी र नाती बुटबलमा बस्दै आएका छन् ।

झण्डै तीन सय मिटर माथिबाट आएको पहिरोले घर पुरिएको थियो । उक्त स्थानका अन्य ६ घर समेत पहिरोको जोखिममा परेका छन् । उनीहरुलाई समेत सुरक्षित स्थानमा सार्ने प्रयास भईरहेको इलाका प्रहरी कार्यालय हुवासले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org