ताजा समाचार

सुष्मा स्वराजको निमन्त्रणमा परराष्ट्रमन्त्री महरा तीन दिने भ्रमणका लागि भारत प्रस्थान

काठमाडौं, १८ असार । उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कृष्णबहादुर महरा तीन दिने भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । महरा भारतीय समकक्षी सुष्मा स्वराजको निमन्त्रणामा भारत भ्रमणमा निस्किएका हुन् ।

भ्रमणका क्रममा उनले विदेशमन्त्री स्वराजसँग पारस्परिक हित र चासोका विविध विषयमा विचारविमर्श गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नयाँदिल्लीमा रहँदा उपप्रधानमन्त्री महराले नेपालका लागि विभिन्न मुलुकका गैरआवासीय राजदूतसँग सामूहिक भेट गरी राष्ट्रसङ्घीय मानवअधिकार परिषद् सदस्यमा नेपालको उम्मेदवारीबारे जानकारी गराउनाका साथै नेपाललाई समर्थन गर्न उनीहरुसँग अनुरोध गर्नेछन् । ।

मन्त्री महरा नेतृत्वको प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालयको संयुक्त राष्ट्रसङ्घ महाशाखा प्रमुख भरतराज पौड्याल, भारत महाशाखा प्रमुख भृगु ढुङ्गानालगायत हुछन् । उपप्रधानमन्त्री महरा आगामी मङ्गलबार स्वदेश फर्कने कार्यक्रम छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org