ताजा समाचार

भारतमा मानिसहरु यसरी मारिन्छन्, आक्रोशित भिडबाट (सनसनीपूर्ण भिडियो)

काठमाडौं, १८ असार । पछिल्लो समयमा भारतमा भिडले मान्छे मार्ने घटना बढ्दै गईरहेको छ । कानुनलाई समेत आफ्नो हातमा लिएर कुनै गल्ति गर्दा मानिसको भिडले कुटपिट गरेर मार्ने क्रम दिनप्रतिदिन बढ्दै गईरहेको हो । अहिले यो विषयले भारत सरकारलाई निकै चिन्तित बनाएको छ । केही दिन पहिलेको घटनाले राष्ट्रपित प्रणब मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदी लगायतको मनमा चिसो पैदा गरेको छ ।

केही दिन अगाडी भारतको पश्चिम बंगालमा एक महिलालाई कुटपिट गरेको घटनाले भारतीय राजनीतिमा नै तरंग ल्याएको हो । ४२ वर्षकी महिला जसको आटेरा विवि मानसिक सन्तुलनको उपचारको लागी मुसिबाद जिल्लाको सेकेन्द्र गाउँमा गएकी थिई । त्यही समयमा मानव बेचविखनका आरोपमा उनलाई मानिसहरुको उत्तेजित भिडले कुटपिट गरी मुत्युको मुखमा पुयायो ।

https://www.facebook.com/lakhv.sareen/posts/1490530667659301

मानिसहरुको भिडले उनलाई कुटपिट गर्दा प्रहरीले समेत बचाउन सकेन र अन्ततः उनको ज्यान गयो । उनलाई कुटपिट गरिएको भिडियो यतिबेला निकै भाईरल बनेको छ । उक्त भिडियोमा करिब १०० जनाले उनलाई घेरेर कुटपिट गरि मारेको देखिन्छ । कुनै पनि मान्छेलाई कानुन आफ्नो हातमा लिने अधिकर छैन् ।

तर भारतमा कानुनलाई आफ्ना हातमा लिदैँ यस्ता घटनाहरु दिनप्रतिदिन घट्दै गएका छन् । मानविय सम्वेदनशिलता समेत नबुझेका मानिसको भिडले यसरी कुटपिट गरी हत्या गर्नुलाई निकै कलंकको घटना भनेका छन् । उक्त घटनापछि अहिले भारतमा यसको समाधानको उपायको खोजी सुरु भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org