ताजा समाचार

‘हिलो र धुलो’ ले छोपिएका गाडी राजधानी छिर्न नपाउने, नाकामा ट्राफिकले धोइदिने

काठमाडौं, १९ असार । के तपाईलाई थाहा छ ? हिलो र धुलोले छोपिएका गाडी राजधानी पाउने छैनन् । ट्राफिक प्रहरीले हिलो र धुलो भएका सवारी राजधानी छिर्न नदिने भएको छ । त्यसको लागी ट्राफिक प्रहरीले आवश्यक तयारी गरिरहेको छ । काठमाडौं महानगरपालिका र ट्राफिक प्रहरीको समन्वयमा यस्तो नियम ल्याउन लागिएको हो।

राजधानी भित्रिने सवारीले शहरको सुन्दरतामा असर पार्ने भएकाले केही समयमा नै यस्तो नियम ल्याउने गृहकार्य भइरहेको महानगरीय ट्राफिक महाशाखाका प्रमुख डिआइजी मिङमार लामाले जानकारी दिए।

हिलो र धुलो बोकेर आउने सवारी साधनहरुलाई नाका छिर्ने बेलामा धुने व्यवस्थासमेत मिलाउने उनको भनाई छ । उपत्यका भित्रिने ४ वटा नाका नागढुंगा, फर्पिङ, जगाते र मुड्खुमा ‘वास सेन्टर’ राख्ने तयारीसमेत भइरहेको जानकारी दिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org