ताजा समाचार

२० मतपत्र गायब भएपछि दीपायल सिलगढी नगरपालिकाको मतगणना रोकियो

दीपायल, १९ असार । दीपायल सिलगढी नगरपालिकाको मतगणना रोकिएको छ । सो नगरपालिकाको १ नम्बर वडादेखि ८ नम्बर वडासम्म मतगणना भइसकेको थियो । ९ नम्बर वडाको मतगणना रोकिएको छ । ९ नम्बर वडाका ३ वटा बुथका २० वटा मतपत्र गणना गर्दा नभेटिएपछि मतगणना रोकिएको मुख्य निर्वाचन अधिकृत नरनारायण पौडेलले बताए ।

सो वडामा जम्मा एक हजार ८८ मत खसेका थिए । त्यसमध्ये २० वटा मतपत्र हराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।वडा नम्बर ८ सम्मको मतगणना भइसक्दा नेपाली काँग्रेसका प्रमुखका उम्मेदवार विजय खड्का (बाजी) ले तीन हजार ८५७ मत र उपप्रमुखमा प्रोसिस महराले तीन हजार ७८३ मत प्राप्त गरेका छन् ।

नेकपा एमालेकी प्रमुख उम्मेदवार मन्जु मलासीले तीन हजार ८७२ मत र उपप्रमुखमा शिवराज खड्काले चार हजार ४६ मत प्राप्त गरेका छन् । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org