ताजा समाचार

दशरथचन्द नगरपालिकामा पराजित भएपछि राप्रपाद्वारा मतपरिणाम अस्वीकार

वैतडी, १९ असार । बैतडीको दशरथचन्द नगरपालिकामा राप्रपाले मतपरिणाम अस्वीकार गरेको छ । नगरप्रमुखमा पराजित राप्रपाका उम्मेदवार पुष्करराज जोशी ‘लख्खाभाइ’ले मत परिणाम अस्वीकार गर्दै पुनः मतगणनाको माग गरेका छन् । कांग्रेसका नरेन्द्रसिंह थापासँग ६२ मत अन्तरले पराजित भएपछि जोशीले पुनः मतगणनाको माग गरेका हुन् ।

नेता लोकेन्द्रबहादुर चन्दको गृहजिल्ला बैतडीमा एउटा पनि सिट नजितेको राप्रपाले मत गणनामा धाँधली भएको दाबी गरेको छ । आइतबार सदरमुकाम गोठलापानीमा पत्रकार सम्मेलन गर्दै जोशीले मतगणनास्थलमा संलग्न केही कर्मचारी तथा प्रतिस्पर्धी पार्टीका कार्यकर्ताहरुको मिलेमतोबाट आफ्ना उम्मेदवारका विपक्षमा मतपरिणाम घोषणा गरिएको आरोप लगाए ।

मतगणना स्थलमा खटिएका आफ्नो पार्टीका प्रतिनिधिहरुको गम्भीर असहमतिका बाबजुत पनि मुख्य निर्वाचन अधिकृतले औंठाछाप लगाएको मत पनि सदर गरेको आरोप पनि राप्रपाको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org