ताजा समाचार

३५ जिल्लामध्ये १८ जिल्लाको मत गणना सम्पन्न, पुरै सकिन अझै आधा महिना भन्दा बढी लाग्ने

काठमाडौं, १९ असार । अहिलेसम्म १८ जिल्लाको मतगणना सम्पन्न भईसकेको छ । गत बुधबार सम्पन्न ३५ जिल्लाका ३३४ स्थानीय तहको निर्वाचनमध्ये अहिलेसम्म १८ जिल्लाको मत परिणाम आउट भईसकेको हो । हाल ५ वटा स्थानीय तहको मतगणना स्थगित भएको छ । दलहरुवीच विवादका कारण मतगणना रोकिएका ति स्थानमा मतगणना सुचारु गर्ने तयारी भइरहेको निर्वाचन आयोगले जनाएको छ ।

कैलालीको धनगढीमा रोकिएको मतगणना सुचारु भएको छ । अव कञ्चनपुर पुर्नवास, मोरङको पथरी शनिश्चरेलगायतका गाउँपालिकामा विवादभएपछि मतगणना रोकिएको छ । ति स्थानमा सहमति गरेर पुन मतगणना सुरु गर्ने आयोगले जनाएको छ ।

प्रदेश नम्बर १ मा खोटाङ, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, पाँचथर, भोजपुर, संखुवासभा र सोलुखुम्बुमा मतगणना सम्पन्न भईसकेको निर्वाचन आयोगका प्रवक्ता सुर्यप्रसाद शर्माले जानकारी दिए । यसैगरी, प्रदेश नम्बर ५ का गुल्मी, पाल्पा, रोल्पा, रुकुममा पनि मतगणना सम्पन्न भईसकेको छ ।

त्यस्तै प्रदेश नम्बर ७ मा डडेल्धुरा, डोटी, दार्चुला, बझाङ, बाजुरा र बैतडीका सबै स्थानीय तहको मतगणना कार्य सम्पन्न भईसकेको छ । अरु १७ जिल्लामा मतगणना जारी रहेको छ । यो गतिमा मतगणना जारी रहे सम्पूर्ण परिणाम सार्वजनिक हुन अझै दुई तीन साता लाग्ने देखिएको छ । अन्य जिल्लाहरुको मतगणना चाँडै सकिने जस्तो देखिएपनि विराटनगर महानगरपालिकाको मतगणना आउन अझै धेरै कुर्नुपर्ने देखिन्छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org