ताजा समाचार

उत्तर कोरियाले क्यानाडा र अमेरिकासम्म मार हान्न सक्ने मिसाइलको परीक्षण गर्‍यो

काठमाडौं, २१ असार । उत्तर कोरियाले अमेरिकासम्म मार हान्न सक्ने मिसाइलको परीक्षण गरेको छ । उत्तर कोरियाले एक महादेशबाट अर्को महादेशमा आणविक हतियारसहित मार हान्न सक्ने ईन्टरकन्टिनेन्टल ब्यालेस्टिक मिसाइलको सफल परीक्षण गरेको अमेरिकाले दाबी गरेको छ ।

ह्वासुङ–१४ नाम दिइएको यो क्षेप्यास्त्र २ हजार ८ सय २ किलोमिटरको उचाईमा ३९ मिनेटसम्म उडेर ९ सय ३३ किलोमिटरको दुरी पार गर्दै समुद्रमा तोकिएको लक्ष्यमा खसेको बताइएको छ । यो मिसाईलले क्यानडाको पुरै भाग र अमेरिकाको अलास्कासहितको केही राज्यसम्म मार हान्ने क्षमता राख्छ ।

तर अमेरिकाका ४६ राज्यमा भने यसको प्रभाव हुनेछैन । उत्तरले मिसाईल परीक्षण गरे पनि यसका लागि आवश्यक आणविक हतियार भने उसँग नभएको अमेकाले दाबी गरेको छ । उत्तर कोरियाको पछिल्लो कदमलाई अमेरिकाले विश्व जगतका लागि नयाँ सुरक्षा खतराको रुपमा ब्याख्या गरेको छ ।

यही विषयमा छलफल गर्न अमेरिकाले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को आपतकालिन बैठक डाकेको छ । बुधबार बस्ने बैठकले उत्तर कोरियामाथि नाकाबन्दी कडा पार्दै थप कारवाहीको विषयमा निर्णय गर्नेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org