ताजा समाचार

भोजपुरको पौवादुङ गाउँपालिकाका जनप्रतिनिधिद्धारा दुङ्माली भाषामा सपथ

भोजपुर, २२ असार । भोजपुरको पूर्वी पौवादुङमा गाउँपालिकाका निर्वाचित जनप्रतिनिधिले दुङ्माली भाषामा सपथ ग्रहण गरेका छन् । नेकपा एमालेबाट निर्वाचित प्रमुख, वडा अध्यक्ष र वडा सदस्यले दुङ्माली भाषामा सपथ ग्रहण गरेका हुन् । पौवादुङमा गाउँपालिकामा दुङ्माली भाषीको बाहुल्यता रहेको छ ।

दुङ्माली भाषाको संरक्षण र प्रवर्द्धनको लागि यस गाउँपालिकामा विस्तारै कामकाजी भाषाको रुपमा समेत विकास गर्ने सोच रहेको नवनिर्वाचित प्रमुख किरण राईले जानकारी दिए । यहाँ दुङ्माली भाषी राईहरु झण्डै ५ हजारको संख्यामा छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org