ताजा समाचार

पूर्वराजा ज्ञानेन्द्र आजबाट ७१ औं वर्षमा प्रवेश, सितल निवासमा जन्मोत्सव भव्यरुपमा मनाउँदै

काठमाडौं, २३ असार । पूर्वराजा ज्ञानेन्द्र शाहले आज ७१ औं जन्मदिन मनाउने भएका छन् । आजबाट ७० बर्ष पुरा भएका शाहले आफ्ना कर्मचारी र आफन्तलाई पहिला र त्यसपछि सर्वसाधारण जनतासँग शुभकामना ग्रहण गर्ने कार्यक्रम छ ।

निर्मल निवासमा आयोजना हुने शुभकामना कार्यक्रम बिहान साढे १० देखि शुरु हुनेछ । बिहान साढे १० बजेदेखि कर्मचारी र आफन्त र ११ बजेदेखि सर्वसाधारणका लागि समय छुट्याइएको छ । विहान १० बजेबाट राजधानीका आधा दर्जन स्थानबाट झाँकीसहित पूर्वराजालाई भेट गर्ने कार्यक्रम तय गरिएको विश्व हिन्दू युवा संघका अध्यक्ष राजन महर्जनले जानकारी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org