वायु सेवा निगम डुबाउने खेलमा हवाई माफिया, लिजमा लिने जहाजमा आयात नीति लादियो
काठमाडौं, २३ असार । सरकारी स्वामित्वमा रहेको नेपाल वायु सेवा निगम डुबाउने खेल सुरु भएको छ । पछिल्ला दिनहरुमा निगम हवाई माफियाको तारो बन्दै गईरहेको छ । हवाई माफियाहरुको एक मात्र उद्देश्य भनेको वायु सेवा निगमलाई डुबाएर नीजि कम्पनीहरुले राज गर्ने । त्यसको लागी हवाई माफियाहरु निरन्तर लागिरहेका छन् । यसको पछिल्लो उदाहरण माफियाको प्रभावमा नियामक नेपाल उड्डयन प्राधिकरणले निगमले लिजमा ल्याउन लागेको भुटान एयरको जहाजमा आयात सम्बन्धि प्रावधान लागु गरेर रोक लगाएको छ ।
निगमसँग रहेको बोइङ ७५७ मर्मतका लागि जानुपर्ने हुँदा आगामी साता देखि जहाज लिजमा लिन खोजेको थियो। निगमले ल्याउन लागेको भुटान एयरको जहाज १५ बर्ष पुगेको छ। यसैमा प्राधिकरणले आयात सम्बन्धि प्रावधान उद्धृत गर्दै रोक लगाएको हो । हवाई उड्डयन नीति २०६३ मा १५ बर्ष पुरानो जहाज आयात गर्न नपाइने प्रावधान उल्लेख रहेको छ।
प्राधिकरणले लिजलाई पनि आयातको रुपमा व्याख्या गरेर भुटान एयर जहाज ल्याउन नपाउने जानकारी निगमलाई दिएको छ। असार ३० गते निगमको बोइङ मर्मतका लागि सिंगापुर जान लागेको हो। त्यसैले ३१ गते देखि भुटान एयरको जहाज लिजमा ल्याउन खोजिएको थियो। दुई वटा एयरबस र एउटा बोइङ मार्फत उडान गरि रहेको निगमले एउटा जहाज अभाव हुने वित्तिकै उडान कटौती गर्नुपर्ने हुन्छ।
सोही कारण भुटान एयरको जहाज लिजमा ल्याउन खोजिएको थियो। जहाज लिजमा लिन निगमले तीन पटक टेन्डर गरेको थियो। अन्तिम टेन्डरमा दुईवटा कम्पनीले आवेदन दिए। त्यसमध्ये भुटान एयर योग्य ठहरिएको थियो।
एउटा जहाज नहुने वित्तिकै दोहा, क्लालालम्पुर, नयाँ दिल्ली, बैंङ्लोर लगायतका गन्तव्यमा उडान स्थगित गर्ने अवस्था आउने निगम स्रोतले जनाएको छ । यी गन्तव्यमा नेपाली कामदार एवं उपचार र अन्य कामले नेपालीले बढी यात्रा गर्छन्। निगमको उडान नहुने वित्तिकै अन्य सेवा प्रदायकले भाडा बढाउन थालि हाल्छन्।
एकातिर भुटान एयरले पनि नेपाल उडानका लागि प्राधिकरणबाट अनुमति पाउन सकेको छैन। अर्कोतिर माफियाहरु पनि कुनै पनि हालतमा उक्त जहाज ल्याउन नदिने मनसायमा रहेका छन् । त्यसको लागी उनीहरुले जस्तोसुकै पनि उपाय अपनाउने रणनीतिमा लागेका छन् । बायु सेवा निगमले त्यसतर्फ ध्यान दिएर समयमै कदम चालेर अगाडी बढेमा उनीहरुको चलखेलबाट बच्न सकिने वायु सेवाविज्ञहरुको भनाई छ ।
Comments
अरु समाचार
-
सुनको मूल्य हालसम्मकै उच्च
काठमाडौं । सुनको मूल्यमा आज नयाँ कीर्तिमान कायम भएको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आज प्रतितोला रु पाँच...
-
पर्यटनका क्षेत्रका लागि जनशक्ति उत्पादन गर्दै पर्यटन बोर्ड
काठमाडौँ, ७ असोजः पर्यटन क्षेत्रका लागि जनशक्ति उत्पादन गर्ने र उनीहरुलाई यस क्षेत्रमा आकर्षित गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्डले क्षमता...
-
नेप्से परिसूचक उच्च अङ्कले गिरावट
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ५९ दशमलव ०२ अङ्कले...
-
प्रतितोला रु चार सयले बढ्दा सुनको मूल्यमा कीर्तिमान
काठमाडौं । सुनको मूल्यमा हरेक दिन नयाँ कीर्तिमान कायम भएको छ । लगातार उकालो लागेको सुनको मूल्य आज तोलामा रु...
-
दुई महिनामा साढे ९४ अर्ब सरकारी ऋण थपियो
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा रु ९४ अर्ब ५२ करोड सरकारी ऋण थपिएको छ ।...
-
नेप्से परिसूचकमा दोहोरो अङ्कको सुधार
काठमाडौं । साताको पहिलो दिन अर्थात कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ ।...
-
मध्यभोटेकोशीले एक महिनाभित्र बिजुली उत्पादन गर्दै
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन एक सय दुई मेगावाट क्षमताको मध्यभोटेकोशी...
-
अर्थमन्त्री पौडेल र आइएमएफ उपनिर्देशकबीच शिष्टाचार भेट
काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आएएमएफ)को एसिया प्रशान्त क्षेत्र उपनिर्देशक रुपा दत्त गुप्ताबीच शिष्टाचार भेट...
-
सुनको मूल्य हालसम्मकै उच्च
काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्यले पुनः नयाँ कीर्तिमान कायम गरेको छ । लगातार वृद्धि हुँदै आएको सुनको मूल्यमा...