ताजा समाचार

काठमाडौंपछि पोखरामा पनि हर्न बनाउन नपाईने, साउन १ देखि कडाई गरिने

पोखरा, २३ असार । आगामी साउन १ गतेदेखि पोखरा महानगर पनि हर्न बजाउन निषेध गरिने भएको छ । पोखरालाई हर्न निशेधित क्षेत्र (नो हर्न जोन) बनाउने महानगरको घोषणा सफल बनाउन ट्राफिक प्रहरी कार्यालय कास्कीले एक महिने कार्ययोजना सार्वजनिक गरेको छ ।

हर्न निशेधित क्षेत्र कार्यान्वयन गर्न आफूहरुले साउन महिनाभर एक महिने अभियान चलाइने कास्कीका ट्राफिक प्रहरी ईञ्चार्ज प्रहरी निरिक्षक विश्वराज अधिकारीले जानकारी दिए । अभियान अन्तर्गत असार २८ गतेदेखि १ गतेसम्म प्रेसर हर्न निकाल्न लगाउने र हर्न बजाउन निशेध गरिएको जानकारी सवारी चालकहरुलाई गराइने छ, जसका लागि स्वयमसेवक समेत खटाइनेछ ।

सचेतनामूलक कार्यक्रम अन्तर्गत असार १ गते र्‍यालीसमेत निकालेर जनचेतना जगाउने काम हुनेछ । साउन २ गते पुनः पोखराका मुख्य चोकहरुमा सचेतनामूल कार्यक्रम गरेर हर्न निशेधित भएको जानकारी गराउँदै उल्लघन नगर्न अन्तिम चेतावनी दिइनेछ ।

साउन १ गतेदेखि पोखरा महानगरलाई हर्न निशेधित क्षेत्र घोषण गरेपनि कारबाही भने ३ गतेदेखि सुरु हुनेछ । २ गतेसम्म सम्झाउने र ३ गतेदेखि कारबाही शुरु गर्ने ट्राफिक ईञ्चार्ज अधिकारीले बताए । उनका अनुसार ३ गतेपछि आकस्मिक र घुमाउरो बाटोबाहेक अन्य बेला हर्न बजाए पहिलो पटकमा पाँच सय जरिवाना गरिनेछ ।

एक पटक कारबाही गरेकाले दोश्रोपटक उलंघन गरे एक हजार र त्यो भन्दा बढी पटक उल्लघन गर्नेलाई एक हजार ५ सय रुपैयाँसम्म जरिवाना तिराइने उनले बताए ।कारबाही शुरु गरिएपनि महिनाभरी ट्राफिक जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिईने ट्राफिक प्रहरीले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org