ताजा समाचार

सरकारमा सहभागिता र संशोधनको विषयमा छलफल गर्न बसेको राप्रपा बैठक निष्कर्षविहीन


काठमाडौं, २५ असार । सरकारमा सहभागिता र संविधान संशोधनका विषयमा राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको बैठकमा छलफल भएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आइतबार बिहान बसेको बैठकमा संशोधनको विषयमा सामान्य छलफल भएपनि ठोस निष्कर्षमा पुग्न नसकेको सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

आजको बैठकमा अध्यक्ष कमल थापाले हिजो बालुवाटारमा सत्तारुढ दलसँग भएका छलफलको ब्रिफिङ गर्नुभयो’, श्रेष्ठले भने, ‘सरकारमा सहभागिता र संशोधनका विषयमा सामान्य छलफल भएको छ । अब अर्को बैठकले ठोस निर्णय गर्नेछ । यद्यपी आजको बैठकले बजेट पास गर्ने सम्बन्धमा आवश्यक निर्णय गरेको श्रेष्ठले बताए ।

राप्रपाले संविधान संशोधन पारित गर्न सघाउने बताउँदै आएको भएपनि पार्टीभित्रकै विवाद रहेको बताइएको छ । यसअघि संशोधन विधेयक निर्णयार्थ पेश गर्ने तयारी रहेकै अवस्थामा राप्रपाका १५ सांसद गायव भएका थिए ।

अब फेरि संशोधन पारित गर्नुपर्ने अवस्था आए सबै सांसदलाई कसरी मिलाउने भन्ने विषयमा पार्टीभित्र गम्भीर छलफल भएको एक नेताले बताए । यद्यपी आजको बैठकमा भने सांसद रामकुमार सुब्बा र गणेश थापाबाहेक सबै सांसदको सहभागिता रहेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org