ताजा समाचार

सिंहदरबारमा मन्त्री नहुँदा मनपरी, बजेट सक्न उच्च पदस्थ कर्मचारी विदेश भ्रमणमा

काठमाडौं, २६ असार । मुलुकको प्रमुख प्रशासनिक निकाय सिंहदरबारमा कर्मचारीहरु भेटिन छाडेका छन् । एक महिनादेखि २३ मन्त्रालय मन्त्रीविहीन हुँदा सिंहदरबार परिसर सुनसानजस्तै देखिन्छ । विभिन्न मन्त्रालयका सचिव, सहसचिव, उपसचिव र शाखा अधिकृतहरु पनि विदेश भ्रमणमा जाने क्रम बढेको छ ।

असार मसान्तमा मन्त्रालयमा विभिन्न शीर्षकमा बाँकी रहेको बजेट सक्न उच्च पदस्थ कर्मचारी विदेश भ्रमणमा जाने गरेका हुन् ।प्रधानमन्त्री कार्यालयका एक सचिव र सहसचिव यतिखेर विदेश भ्रमणमा छन् । सचिव रामकुमार आचार्यसहितको एउटा टोली हालै विदेश भ्रमणमा गएको आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org