ताजा समाचार

झापाको अर्जुनधारा नगरपालिकामा एमाले विजयी, धरानमा पनि एमालेकै अग्रता

झापा, २६ असार । झापाको अर्जुनधारा नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । एमालेका हरिकुमार राना १३ हजार २ सय ५४ मत ल्याएर मेयरमा विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका हेमराज खरेलले ९ हजार १ सय ६६ मत ल्याए ।

यस्तै उपमेयरमा पनि एमालेकी कमला आचार्य १२ हजार २ सय ८२ मत ल्याएर विजयी भएकी छन् । उनका प्रतिस्पर्धी कांग्रेसकी सरस्वती सिटौलाले १० हजार ६२ मत पाईन् । झापामा १५ तहमध्ये ७ मा एमाले, ५ मा कांग्रेस र ३ तहमा राप्रपा विजयी भएको छ ।

यस्तै सुनसरीको धरान उपमहानगरपालिकामा एमालेको अग्रता कायमै छ । एमालेका मेयर उम्मेदवार तारा सुब्बा १४ हजार ७ सय २० मतसहित अग्रस्थानमा रहेका छन् । उनलाई कांग्रेसका प्रतिस्पर्धी तिलक राईले ११ हजार ६ सय २० मतसहित पछ्याइरहेका छन् ।

यस्तै उपमेयरमा एमालेकी मन्जु भण्डारीले अहिलेसम्म १४ हजार ९ सय ६४ मत पाएर अग्रस्थानमा रहेकी छन् । उनलाई कांग्रेसका श्यामा रेग्मीले ११ हजार ७ सय ५३ मत ल्याएर पछ्याइरहेकी छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org