ताजा समाचार

रुपन्देहीमा पहिलो बनेको एमालेकै चार तहमा जमानत जफत

बुटवल, २६ असार । स्थानीय तहको निर्वाचनमा रुपन्देहीमा एमाले पहिलो दल भएको छ । तर, १६ तह रहेको रुपन्देहीमा चार तहमा एमालेले जमानत समेत जोगाउन सकेन । सात तहमा भारी मतान्तरले विजयी भए पनि जिल्लाको दक्षिणी क्षेत्रमा रहेको लुम्बिनी सांस्कृतिक नगरपालिकासहित तीन गाउँपालिकामा एमाले उम्मेवारको जमानत जफथ भएको छ ।

निर्वाचनमा कुल खसेको मतको १० प्रतिशत मत ल्याएमात्रै जमानत फिर्ता हुने ब्यवस्था छ । तर एमालेले १० प्रतिशत मत पनि ल्याउन नसक्दा जमानत जफथ भएको मृख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org