ताजा समाचार

शव निकाल्न खोलामा गएका प्रहरी जवानको पनि डुबेर मृत्यु

पोरखा, २७ असार । फेलातालको सिरान हर्पन खोलामा डुबेर मृत्यु भएका एक युवाको शव निकाल्न गएका एक प्रहरी जवानको पनि डुबेर ज्यान गएको छ । प्रहरी जवान बलबहादुर कुँबरको पनि डुबेर ज्यान गएको हो ।

सोमबार माछा मार्ने क्रममा खोला डुबेर मृत्यु भएका ललित पुनको शव आज बिहान देखिएपछि शव निकाल्न गएका कुँवरको ज्यान गएको हो । शव निकाल्ने क्रममा कुँवर डुबेपछि अन्य सुरक्षाकर्मीले उद्दार गरी उपचारका लागि गण्डकी मेडिकल कलेजमा लगिए पनि उपचारकै क्रममा ज्यान गएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org