यी हुन्, जसले श्रीमतीको हत्या गरि टाउको साइकलमा बोकेर प्रहरीमा पुगे, प्रहरीको होसै उड्यो
कोहलपुर, २७ असार । इलाका प्रहरी कार्यालय कोहलपुरको गेटमा सोमबार रातको १० बजे एक व्यक्ति साइकलमा पुग्छ । उसले भन्छ–‘मैले श्रीमतीको हत्या गरेर टाउको सँगै ल्याएको छु ।’ ड्युटीमा खटिएकी महिला प्रहरी आत्तिएर जानकारी गराउन कार्यालयमा पुग्छिन् ।
इलाका प्रहरी कार्यालय कोहलपुरको इतिहासमा पहिलो पटकको घटना हुन सक्छ, अपराध गरिसकेपछि आत्मसर्पणका लागि अपराधको प्रमाणसँगै अपराधी प्रहरीसम्म पुगेको । कोहलपुर नगरपालिका वडा नम्बर ४ निवासी मोहम्मद अप्ताव वेडुवाले आफ्नै श्रीमतीलाई निर्ममतापूर्वक हत्या गरी टाउको शरिरबाट अलग गरी आत्मसमर्पण गर्न इलाका प्रहरी कार्यालय कोहलपुर परिसरमा पुग्दा ड्युटीमा खटिएका प्रहरी अधिकृत लगाएतका सुरक्षाकर्मीहरु अचम्मित भए ।
सुरुमा त हामीलाई पत्याउनै मुस्किल भयो, जघन्य अपराधका मुख्य दोषीहरु कमै मात्र प्रहरीसँग आत्मसर्पण गर्न आउने गर्छन्, ड्युटिमा खटिएका एक प्रहरी इन्चार्जले भने । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक सुरेश प्रसाद काफ्लेका अनुसार कोहलपुर नगरपालिका वडा नम्बर ४ निवासी रुप्सन बेडुवालाई उनकै श्रीमानले निर्ममतापूर्वक घाटी रेटेर हत्या गरेको पुष्टि भएको छ ।
कोहलपुर नगरपालिका वडा नम्बर १५ मा पर्ने अकलघरुवामा सिक्टा नहरको नजिक श्रीमतीको हत्या गरेको बयान अप्तावले प्रहरीलाई दिएपछि प्रहरी घटनास्थलमा पुग्दा ३ महिनाको बच्चा सडकको छेउमा र बच्चा भन्दा केही पर टाउको बिनाकी उसकी आमाको शब फेला परेको कोहलपुर प्रहरीले जनाएको छ । लामो समयदेखि श्रीमान श्रीमतीको सम्बन्ध चिसिदै गएको र अप्ताप दोस्रो श्रीमतीसँगै बस्दै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।
सोमबार भारतीय सिमावर्ती शहर रुपैडिया पुगेर घर फर्कनेक्रममा हवल्दारपुरबाट करिब १ किलोमिटर भित्र अकलघरुवामा घटना भएको प्रहरीको भनाई छ । प्रहरीले अप्तावकी कान्छी श्रीमती पनि अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।
Comments
अरु समाचार
-
युएई दिराम र मलेसियन रिङ्गेटको भाउ घट्यो, अन्य विदेशी मुद्राको कति छ विनिमय दर ?
काठमाडौँ, ९ असोजः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार मङ्गलबारको...
-
दुई सय ७० मेगावाट विद्युत् राष्ट्रिय ग्रिडमा जोडिँदै
काठमाडौँ, ९ असोजः एक महिनाभित्र सिन्धुपाल्चोक र रसुवामा सञ्चालित विभिन्न जलविद्युत् आयोजनाबाट उत्पादन भएको दुई सय ७० दशमलव तीन मेगावाट...
-
राष्ट्रपति भने-चाडपर्वको गरिमालाई सम्मानजनक बनाऔँ
काठमाडौँ, ९ असोजः राष्ट्रपति रामचन्द्र पौडेलले जितिया पर्वजस्ता मौलिक चाडपर्वले समाजमा आपसी सम्मान, सद्भाव र सहिष्णुताको भावना जागृत गर्दै मुलुकको...
-
नेपाल प्रहरीका ४१ एसपीको सरुवा (सूचीसहित)
काठमाडौं । सरकारले केही प्रहरी उपरीक्षकहरुको सरुवा गरेको छ । नेपाल प्रहरीका ४१ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको...
-
जुवातास खेलाउने अभियुक्तलाई सामान्य धरौटीमा छुटाउने खेल, अभियुक्तले किर्ते नागरिकता समेत लिएको खुलासा
काठमाडौं । नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको गत असोज ४ गते काठमाडौं महानगरपालिका वडा नं ६ बौद्वको फुलवारी...
-
त्रिविविद्वारा एआई प्रयोगमा प्रतिबन्ध
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिविवि)ले विश्वविद्यालयद्वारा सञ्चालित जुनसुकै तहको परीक्षामा ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई)को प्रयोग गरेको पाइएमा परीक्षा रद्द हुने जनाएको...
-
असोज ९ गते न्यायपरिषदको बैठक बस्दै, सर्वोच्चमा चार न्यायाधीश सिफारिस गर्ने तयारी
काठमाडौं। सर्वोच्च अदालतमा रिक्त रहेका चार न्यायाधीश सिफारिस गर्न न्याय परिषदको बैठक २०८१ असोज ९ गते भोली बस्दैछ। प्रधानन्यायाधीश...
-
मुखमा मास्क र कालो टेप लगाएर दुर्गा प्रसाइँ पक्राउविरुद्ध प्रदर्शन
काठमाडौं । बी एन्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंलाई पक्राउ गरिएको विरोधमा दैनिक विरोध प्रदर्शन हुन थालेको छ ।...
-
न्युजिल्यान्डका वैज्ञानिकहरूले पत्ता लगाए घोस्ट ‘स्पुकफिस’
काठमाडौं । न्युजिल्यान्डका वैज्ञानिकहरूले मङ्गलबार ‘घोस्ट सार्क’ को नयाँ प्रजाति पत्ता लगाएका छन् । यो माछाको एक प्रकार हो र...