ताजा समाचार

पत्नी सीताको उपचारको लागी भन्दै प्रचण्ड आज थाइल्याण्ड जाँदै

काठमाडौं, २८ असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको उपचारका लागि आज थाइल्याण्ड जाँदैछन् । यसअघिकै कार्यतालिकाअनुसार पत्नी सीताको फलोअपका लागि अध्यक्ष दाहाल त्यसतर्फ प्रस्थान गर्न लागेको उनका प्रेस संयोजक मनोहरि तिमिल्सिनाले जानकारी दिए ।

अध्यक्ष दाहाल आगामी शुक्रबार स्वदेश फर्कने कार्यक्रम रहेको छ । लामो समयदेखि उच्च रक्तचाप लगायतका समस्याबाट पीडित सीताको नियमित स्वास्थ्य परिक्षणबाहेक अन्य कुनै कार्यसूची नरहेको प्रचण्डको सचिवालयले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org