अन्तरघातमा काँग्रेस: खुमबहादुरका भजित बागी उठ्दा लमही गुम्यो, देउवालाई गृह जिल्लामै धक्का
काठमाडौं, २८ असार । दाङको लमही नगरपालिकामा कांग्रेस उम्मेदवार जोगबहादुर चौधरीविरुद्ध डिल्लीराज खड्का बागी उम्मेदवार बने । खड्काले २३९ मत ल्याउँदा कांग्रेस उम्मेदवार चौधरी एमालेका कुलबहादुर खत्रीसँग १३७ मतले पराजित भए । बागी उम्मेदवार खड्का कांग्रेस नेता खुमबहादुर खड्काका भतिजा हुन् । त्यस्तै, गढवा र शान्तिनगर गाउँपालिकामा पनि बागी उम्मेदवार मैदानमा आए ।
तुल्सीपुर र घोराही उपमहानगरमा पनि कांग्रेसले हार व्यहोर्नुपर्यो । १० तहमध्ये ६ वटामा एमाले र एकमा माओवादीले जित्यो । कांग्रेसले तीन तहमा मात्रै चित्त बुझाउनुपर्यो । दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेसले पाँचवटै निर्वाचन क्षेत्रमा भारी मतले जितेको थियो ।
प्रधानमन्त्री तथा कांग्रेस सभापति कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराको अमरगढी नगरपालिकाका ९ वडामा कांग्रेसका बागी उम्मेदवार खडा भए । मेयरमा कांग्रेस डिल्लीराज जोशी १२८ मतले पराजित भए । वडा नम्बर ४ र ५ मा कांग्रेस वडाध्यक्षका उम्मेदवारले पाएको मतको आधा पनि मेयरका उम्मेदवारले पाएनन् ।आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
डडेल्धुराकै अजयमेरु गाउँपालिकाको प्रमुखमा कांग्रेसका आधिकारिक उम्मेदवारभन्दा बागी उम्मेदवारको मत झन्डै दोब्बर आयो । कांग्रेसका कमलसिंह भाटले ८७२ मत ल्याउँदा बागी उम्मेदवार लोकराज भट्टले १,५६८ मत ल्याए । यो गाउँपालिकामा माओवादी केन्द्रका उमेश भट्ट विजयी भए ।
Comments
अरु समाचार
-
‘‘संविधानको पूर्ण कार्यान्वयन भए जनताको निराशा हटनेछ’’: मन्त्री गुरुङ
काठमाडौं । संविधान कार्यान्वयनका नौ वर्षलाई हेर्दा निराश हुनुपर्ने अवस्था छैन । विश्वका अन्य देशमा नयाँ संविधान बनिसकेपछिको अभ्याससँग तुलना...
-
संवैधानिक स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्नेमा प्रधानमन्त्रीको जोड
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले दिएको स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्ने बताएका छन् । संविधान दिवसका अवसरमा आज...
-
संविधानको मर्मअनुरुप काम गर्नुपर्छः मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानको मर्मअनुरुप कार्यसम्पादन गर्नुपर्नेमा जोड दिएका छन् । साथै उनले मुलुकलाई सामाजिक न्यायसहित...
-
जम्मू–कश्मीर विधानसभा चुनावमा ५९.१९ प्रतिशत मतदान
दिल्ली । जम्मू–कश्मीरमा बुधबार भएको विधानसभा चुनावको पहिलो चरणमा साँझ पाँच बजेसम्म ५९ दशमलव १९ प्रतिशत मतदान भएको छ ।...
-
संविधान दिवस २०८१ आज हर्षोल्लासका साथ मनाइँदै
काठमाडौँ । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइँदैछ । नेपाल...
-
दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरीलाई अदालतले दियो अनुमति
काठमाडौं । बी एन्ड सी मेडिकल कलेज झापाका सञ्चालक दुर्गा प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । बुधबार काठमाडौं जिल्ला...
-
वनमन्त्री शाहीसँग कतारका राजदूतको शिष्टाचार भेट
काठमाडौं । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीसँग नेपालका लागि कतारका राजदूत मिशाल मोहमद अल अन्सारीले शिष्टाचार भेट भएको...
-
एसइई नतिजामा उल्लेख्य सुधार ल्याउन नीतिगत पहल सुरु भइसकेको छ: प्रधानमन्त्री ओली
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजालाई लगभग ७० प्रतिशतसम्म पुर्याउन नीतिगत पहल...
-
कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेशसभामा विश्वासको मत लिने भएका छन् । विश्वासको मत प्रयोजनका लागि दिउँसो...