ताजा समाचार

गोर्खाल्याण्ड आन्दोलनका क्रममा ७ नेपाली भाषी मारिए, अब केन्द्र सरकारसँग मात्र वार्ता गर्ने

काठमाडौं, २८ असार । गोर्खाल्याण्ड आन्दोलनका क्रममा अहिलेसम्म ७ जना नेपाली भाषीले ज्यान गुमाएका छन् । गोर्खाल्याण्डको माग राख्दै जारी आन्दोलनका क्रममा अहिलेसम्म ७ जनाको ज्यान गएको हो । घाइते भएका अशोक तामाङको सिक्किमको मणिपाल अस्पतालमा मृत्यु भएसँगै गोर्खाल्यान्ड आन्दोलनमा मृत्यु हुनेको संख्या सात पुगेको हो ।

सहयोद्धाको मृत्युसँगै गोर्खाल्यान्ड आन्दोलनमा सहभागी नागरिक थप शोकमग्न बनेको मोर्चा नेत्री निरा शर्माले जानकारी दिइन् । तामाङको मृत्युपछि प्रदर्शनमा सहभागी शोक र्‍यालीमा सहभागी भएका थिए । यसअघि दुईवटा झडपमा ६ जनाको मृत्यु भइसकेको छ ।

यता बेग्लै गोर्खाल्यान्ड राज्य माग गर्दै चार सातादेखि जारी आन्दोलनरत दलले मुख्यमन्त्री ममता बेनजीको नेतृत्वको बंगाल सरकारसँग वार्ता नगर्ने जनाएका छन् ।

गोर्खाल्यान्ड क्षेत्रमा क्रियाशील दल र सामाजिक संस्थाहरूको सहभागितामा गोर्खाल्यान्ड आन्दोलनलाई अघि बढाउन गठन गरिएको गोर्खाल्यान्ड मुभमेन्ट कोअर्डिनेसन कमिटीको मंगलबार मिरिकमा सम्पन्न बैठकपछि नेताहरूले सो कुरा बताएका हुन् । उनीहरूले केन्द्र सरकारसँग मात्र वार्ता गर्ने बताएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org