ताजा समाचार

दार्जीलिङका आन्दोलनकारीद्धारा टिस्टा जलविद्युत परियोजना–३ को आपूर्ति बन्द

दार्जीलिङ, २९ असार । भारतको दार्जीलिङका आन्दोलनरत पक्षले पश्चिम बंगालको महत्वपूर्ण विद्युत आपूर्ति बन्द गरिदिएका छन् ।प्राकृतिक स्रोत साधनमाथि प्रभाव देखाउँदै आन्दोलनकारीहरुले भारत सरकारलाई थप दबाब सिर्जना गरेका छन् । आन्दोलनकारीहरुले मङपु समष्टिमा रहेको टिस्टा जलविद्युत परियोजना–३ मा तालाबन्दी गरेर विद्युत आपूर्ति बन्द गरिदिएका हुन् ।

परियोजनाका सवारी चालकहरुले हाकिमलाई साँचो बुझाउँदै सवारी साधनसमेत नचलाउने घोषणा गरेका छन् । १३२ मेघावाट क्षमताको टिस्टा–३ जलविद्युत परियोजनाको आपूर्ति बन्द भएपछि पश्चिम बंगाल लगायत भारतका विभिन्न ठाउँ अन्धकारमय भएका छन् ।

आन्दोलनकारीहरुले गोर्खाल्याण्ड प्राप्त नभएसम्म विद्युत गृह सञ्चालनमा आउन नदिने बताएका छन् । साथै टिस्टा–४ जलविद्याु्त आयोजनामा पनि तालाबन्दी गर्ने चेतावनी दिएका छन् ।

गत वर्ष भारतमा चर्किएको जाटहरुको आन्दोलनमा हरियाणाबाट जाने दिल्लीको पानीको मुहान थुन्ने प्रयास भएको थियो । त्यसबेला सेना परिचालन गरेर पानीको हडताल असफल पारिएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org