ताजा समाचार

राप्रपा विभाजनको संघारमा, पशुपति शम्शेर राणाले दिए यस्तो चेतावनी

काठमाडौं, ३० असार । राष्ट्रिय प्रजातन्त्र पार्टीमा विवादले चरम रुप लिएको छ । नेताहरुबीच बढेको विवादका कारण सो पार्टी कुनैपनि बेला विभाजन हुनसक्ने भन्दै नेताहरुले नै चेतावनी दिन थालेका छन् ।

राप्रपाका अध्यक्ष कमल थापाले पार्टीमा एकलौटी निर्णय गरेको भन्दै बरिष्ठ नेता पशुपति शम्शेर राणाले थापालाई पार्टी डिजास्टरको मोडमा पुगेको बताएका छन् । राणाले आज एक विज्ञप्ति जारी गर्दै केन्द्रीय तहका कुनैपनि नेताहरुसँग कुनै छलफल नै नगरी ४२ जना केन्द्रीय सदस्यको मनोनय गरेको भन्दै आपत्ति जनाएका हुन् ।

नेता राणाले साउन ४ गते केन्द्रीय समिति बैठक बोलाएको अवस्थामा पार्टीको मुल्य मान्यता र सिद्धान्तविपरित त्यसअगावै पार्टीलाई एकल विर्ता बनाउने गरी केन्द्रीय समिति विस्तार गरेको जनाएका छन् । पार्टी एकीकरणपछि राणाले पहिलो पटक यस्तो कडा विज्ञप्ति निकालेका हुन ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org