ताजा समाचार

गएराति दैलेख केन्द्रविन्दु बनाएर भूकम्प


काठमाडौं, १ साउन । दैलेख केन्द्रविन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गएको छ । शनिबार राति १० बजेर २० मिनेट जाँदा दैलेख केन्द्रविन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको कारण केही क्षति भएको जानकारी छैन । त्यस्तै शनिबार राति ९ बजेर ३२ मिनेटमा गोरखा केन्द्र बनाएर ३ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको छ।

२०७२ वैशाख १२ को भूकम्पकै परकम्पका रुपमा यो कम्पन भएको हो । वैशाख १२ पछि ४ म्याग्निच्युड र त्यसभन्दा माथिका ४८३ वटा कम्पन भइसकेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org