ताजा समाचार

मन्त्रिपरिषद् विस्तार गर्ने देउवाको भाँका सरेको सर्‍यै , २३ मन्त्रालय डेढ महिनादेखि मन्त्रीविहीन

काठमाडौं, १ साउन । कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएको झन्डै डेढ महिना हुँदै छ । तर, २३ मन्त्रालय अझै मन्त्रीविहीन छन् । मन्त्रिपरिषद् विस्तार गर्ने दलहरुको भाका सरिरहेको छ । पछिल्लोपटक असार मसान्तसम्म गर्ने भनिएको मन्त्रिपरिषद् विस्तार अब ३ साउनमा गर्ने तयारी गरिएको आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डल देशबाहिर रहेको, मन्त्रालय बाँडफाँड तथा सरकारमा सहभागी हुने दलको टुंगो नलाग्दा सरकार विस्तार हुन नसकेको हो । मन्त्री सिफारिसका लागि बनेको कार्यदलका सदस्य रमेश लेखकका अनुसार कांग्रेस र माओवादीबीच ३ साउनमा मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org