ताजा समाचार

उपेन्द्र र बाबुरामको फेरी आयो संयुक्त वक्तव्यः संसद भन्दा प्रदेशको चुनाव पहिला गर्न माग

काठमाडौं, १ साउन । संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी नेपालले संघीय संसद भन्दा पहिला प्रदेशको चुनाव गर्न माग गरेका छन् । २४० निर्वाचन क्षेत्र स्वीकार्य नहुने भन्दै उनीहरुले संघीय संसद भन्दा पहिला प्रदेशको चुनाव गर्न माग गरेका हुन् ।

संघीय फोरम अध्यक्ष उपेन्द्र यादव र नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले आइतबार संयुक्त वक्तव्य जारी गर्दै संविधान संशोधन प्रक्रियालाई तत्काल टुंगो लगाउन आग्रह गरेका छन् ।

संविधान संशोधनले मात्र आगामी निर्वाचनका लागि सहज वातारण बनाउने भन्दै दुई नेताले भनेका छन्, ‘अन्यथा, सो विषयले गम्भीर राजनीतिक संकट ल्याउन सक्नेछ ।’ यादव र भट्टराईले पुरानै संसदीय निर्वाचन क्षेत्र २४० कायम राख्ने प्रयास मान्य नहुने बताएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org