ताजा समाचार

एनसेललाई विप्लव माओवादीको कडा चेतावनी, ‘कर नतिरे फेरी भौतिक हमला गर्छौ’

काठमाडौं, २ साउन । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले एनसेलले कर नतिरे कारबाही गर्ने चेतावनी दिएको छ । नीजि क्षेत्रको मोवाइल सेवा प्रदायक कम्पनी एनसेलले नेपाललाई तिर्नुपर्ने पुँजीगत लाभकर नतिरे कारबाही गर्ने चेतावनी दिएको हो । जनतासँग पैसा उठाएर राज्यलाई तिर्नुपर्ने सबै कर नतिरेर राज्य र जनतालाई ठगी गर्ने र ढाँटने गरेको भन्दै कारवाही गर्ने नेकपाका पोलिट ब्यूरो सदस्य ओमप्रकाश पुनले चेतावनी दिए ।

एनसेलले सबै कर नतिरे कडा कारवाही गर्ने चेतावनी दिएका हुन् । एनसेललाई सबै कर तिर्न चौतर्फी दबाब बढिरहेको बेला भूमिगजन्य गतिविधि गरिरहेको नेकपा नेताको यस्तो चेतावनी आएको हो । ‘जनताको पैसा खाएर राज्यलाई नतिर्ने एनसेललाई पार्टीको नेतृत्वमा जनताले गत वर्ष कारवाही गरेपछि थोरै अर्ब रुपैयाँ मात्र कर तिरेर एनसेलले सहमतिअनुसार सबै कर चुक्ता गर्न आटेर गरिरहेको छ, यो राम्रो गर्ने संकेत होइन’ नेता पुनले भने ।

सबै कर तुरुन्त तिर्न एनसेसँग आग्रह गर्दै आलटाल गरेमा जनताले छिट्टै कारवाही गर्ने बताए । सरकारले नै कर तिर्न नभनेकोले नतिरेको भन्ने एनसेल प्रतिनिधि टोलीको भनाईको स्मरण समेत उनले गरे । ‘कर नतिर्नुमा सरकारलाइ दोषी देखाइरहेको छ’ नेता पुनले भने ।

सत्ता रुढ दलका नेताहरु नै नियमित रुपमा पैसा लिइरहेको हुनाले सरकारले कर तिराउन ताकेता गर्न छाडेको भन्दै कमिसन खाने दल र तिनका नेतालाई पनि जनताले कारवाहीको सूचीमा राखेको बताए । तर के कस्तो खालको कारवाही हुन्छ भन्नेबारे चाहिं नेता पुनले खुलस्त बताउन चाहेनन् । यसअघिको कारवाहीमा एनसेलको देशभरका टावरमाथि आक्रमण गरेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org