देउता ‘खुसी पार्न’ छाउगोठ, ‘मरे पनि मरिन्छ, छाउ त बार्न पर्छ’
दैलेख, ३ असार । अन्तिम असारको झरी बिहानपख केही सुस्ताएको थियो। हिलाम्मे आँगनमाथि एउटा पुरानो त्रिपाल झुन्डिइरहेको थियो। सुनसान घर। कोही कसैसँग बोल्दैनन्। आँगनमा केही नयाँ मान्छे देखेपछि देर्जुकुमारी शाहीले मुन्टो तन्काउन खोजिन्। दुई महिलाले समातेर उनलाई कौसीसम्म ल्याए। खबर
आजको अन्नपूर्णमा छ ।
कपाल मुन्डन गरेका छोरा प्रेमबहादुरले छाउगोठमा सर्पले डसेर मृत्यु भएकी बहिनीको घटना सुनाइरहँदा देर्जुकुमारी मुख छोपेर सुँक्सुकाइरहिन्। दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–६, लैनचौरकी २३ वर्षीया तुल्सी शाहीको नौ दिनअघि छाउगोठमै सर्पले टोकेर मृत्यु भएयता देर्जुका आँखा ओभाएका छैनन्।
जेठ ८ गते यही गाउँकी अर्की किशोरीको पनि छाउगोठमै मृत्यु भएको थियो। १४ वर्षीया लालसरा विकले छाउगोठमै सर्पले टोक्दा जीवन त्याग्नुपरेको थियो। तर, यो कुरा बाहिर आएन। तालिमको सिलसिलामा त्यहाँ पुगेका महिला विकास कार्यालयका कर्मचारीले थाहा पाएपछि मुस्किलले लालसराको मृत्युको घटना बाहिर आयो। लालसराको समाचार बन्न नपाउँदै तुल्सीको पनि त्यसैगरी छाउगोठमै ज्यान गयो।
दुई महिनाको अवधिमा दुई किशोरी गुमाइसकेको यो गाउँमा अझै पनि महिनावारी ९छाउ० भएका महिलालाई अमानवीय व्यवहार गरिन्छ। तुल्सीको छाउगोठमै मृत्यु भएको नवौँ रातको १२ बजे गाउँकै एक माध्यमिक विद्यालयका प्रधानाध्यापक ध्रुवनाथ योगीको घरमा केही मानिस अत्तालिँदै आए। उनीहरू मोटरसाइकल माग्दै थिए। गाउँमै मोटरसाइकल भएको घर योगीको मात्रै हो। अर्की एक किशोरीलाई सर्पले टोक्यो भनेर अत्तालिएका गाउँलेलाई योगीले मोटरसाइकल दिएर पठाए। तर, बुझ्दै जाँदा १४ वर्षीया ती किशोरीको गालामा किराले टोकेको रहेछ। बिहान पुग्दा चिसो भुइँमा दुईवटा बोरा ओछ्याएर घरमुनिको ‘छाउगोठ’ मा उनी रुन्चे अनुहारमा बसिरहेकी थिइन्।
करोडौं खर्चिएर विभिन्न गैरसरकारी संस्थाले दैलेखमा साविकका आठवटा गाविसलाई छाउपडीमुक्त घोषणा गरेका थिए। तर, अवस्था अहिले पनि उस्तै छ। त्यो बेला पुलिस पनि साथ थियो, एनजिओको पैसा थियो, कैयौं छाउगोठ अभियन्ताले नै भत्काए। तर, अभियानका बेला गाउँका छाउगोठ मात्रै भत्किए, गाउँलेको सोच भत्किन सकेन। अहिले गाउँमा सबैको घरमा ‘छाइछुइ’ उस्तै छ। चाहे शिक्षित होस् वा अशिक्षित।
दैलेखका धेरैजसो छाउप्रथा भएका गाउँमा अहिले छुट्टै छाउगोठ छैनन्। तर, प्रत्येक घरमा अहिले पनि महिला रजस्वला भएपछि गाई र भैंसीसँगै सुत्न बाध्य छन्। ‘छाउ’ भएका महिला गाईभैसीसँगै सुत्छन् तर उनीहरूले त्यसको दूध–दही खान पाउँदैनन्। गाउँले भन्छन्, ‘देउता रिसाउँछन्, घरमा नराम्रो हुन्छ।’
रोपाइँको मेलो सकेर फर्किरहेका महिलालाई शिक्षक भुवन शाही जिस्क्याउँदै थिए, ‘पाखा सर्या हौला, नछुए है..!’अनि बर्सादी (पानी छेक्ने प्लास्टिक) ओढेकी कोकिला विकले भनिन्, ‘छुन्नम छुन्नम्, तीन दिन त भो, गोठमै सुतिराछम्।’ फेरि शिक्षक शाहीले सम्झाए, ‘पशुसँग सुतेर नि देउता खुसी हुन्छन्रु अस्ति तुल्सीलाई साँपले टोकेर मरेको बिस्र्यौरु’अर्की महिला जंगिइन्, ‘त्यस्तो भनेर हुन्छ, मरे नि मरिन्छ तर देउतालाई रिसाउन दिनुहुन्न।’ अनि उनी आफैँले कहानी सुनाइन्, ‘केही वर्षपहिला रजस्वला भएको बेला घरमा खाना बनाएँ तर खान दिने बेला मेरो मुन्टो बांगियो।
अनि धामीझाँक्रीले झारफुक गरेर सोझ्याइदिए।’ घरमा कोही नभएपछि पाखा सरे पनि उनले बाहिरै खाना बनाएकी थिइन् रे ! ‘अनि देउता रिसाका रै’छन्, छाउ हुँदा भान्सा छोएपछि मरे पनि मरिन्छ। यो त बार्ने नै हो, देउता रिसाउन हुन्न’, विकले भनिन्।
Comments
अरु समाचार
-
प्रधानमन्त्रीविरुद्ध सामाजिक सञ्जालमा भइरहेका गतिविधि देशहित विपरीत छन्ः महासचिव पोखरेल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओली विदेशमा रहेका बेला प्रधानमन्त्री विरुद्ध सामाजिक सञ्जालमार्फत...
-
पोखरीमा डुबेर बेपत्ता भएकी बालिकाको शव फेला
काठामाडौं । धनुषाको धनुषा धाममा रहेको पोखरीमा डुबेर बेपत्ता भएकी बालिकाको शव आज बिहान फेला परेको छ । धनुषाधाम नगरपालिका...
-
घमेश दुलालले ल्याए खर्च दशैंलाई (भिडियो)
काठमाडाैं । चर्चित गायक घमेश दुलालले 'खर्च दशैंलाई' बोलको गितको म्यूजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलालले आफ्नै युट्युब...
-
दाङमा चट्याङ लागेर एकको मृत्यु, दुईजना घाइते
काठमाडौं । दाङमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । घोराही उपमहानगरपालिका–११ खुङकोटका निमकली साहुको...
-
मन्त्री राणा र अमेरिकी उपमन्त्री वासबीच भेटवार्ता
काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन आएकी परराष्ट्रमन्त्री डा.आरजु राणा देउवासँग अमेरिकाका राजनीतिक मामिलासम्बन्धी कार्यवाहक उपविदेश मन्त्री जोन...
-
बङ्गलादेशले मौद्रिक नीतिमा कडाइ गर्ने
काठमाडौं । बङ्गलादेशको केन्द्रीय बैङ्कले मुद्रास्फीति नियन्त्रण गर्न सरकारलाई सहयोग पु¥याउने उद्देश्यले आगामी महिनाको अन्त्यसम्ममा दुई पटक नीतिगत दरमा वृद्धि...
-
निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान
काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह सदस्य उपनिर्वाचनका लागि दल दर्ताका लागि आह्वान गरेको छ । आयोगले आज एक सूचना...
-
प्रधानमन्त्रीओली र विश्व बैंकका अध्यक्ष बंगाबिच भेटवार्ता
काठमाडौं । संयुक्त राष्ट्र संघको ७९ औं महासभामा प्रधानमन्त्री केपी शर्मा ओली र विश्व बैंक समूहका अध्यक्ष अजय बंगाबिच भेटवार्ता...
-
साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल सञ्चालन
काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका दुई स्थानमा दसैं, तिहार र छठका अवसरमा सुपथ...