ताजा समाचार

चितवनको जलविरेमा खसेको सुख्खा पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडक सञ्चालनमा


चितवन, ३ असार । नारायणगढ–मुग्लिन सडकखण्डको जलवीरेमा आज बिहान खसेको पहिरो पन्छाएपछि सवारी आवागमन सञ्चालनमा आएको छ । बिहान ४ः३० बजे खसेको पहिरो पन्छाएर ६ः३० बजेदेखि सवारी आवागमन सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ । रातको समयमा सो सडक बन्द गरिँदै आएको छ ।

बिहान ४ बजेदेखि सडक खुल्ने भएपनि ४ः३० बजे पहिरो खसेर सडक अवरुद्ध भएपछि यातायातका साधन रोकिएका थिए । पहिरो खसेको ठाउँ मुग्लिनबाट सात किमी नारायणगढतर्फ पर्छ । सडक विस्तारका क्रममा भित्तो काटिएको ठाउँमा पहिरो खस्ने क्रम बढेपछि सो सडक राति बन्द गरिँदै आएको छ । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org