ताजा समाचार

यातायात कार्यालय एकान्तकुनाका हाकिम कार्यकक्षमै थुनिए, लाइसेन्स वितरण रोकेको भन्दै प्रदर्शन

काठमाडौं, ३ असार । यातायात व्यवस्था कार्यालय बाग्मती, एकान्तकुनाका कार्यालय प्रमुख कार्यकक्षमै थुनिएका छन् । चालक अनुमति पत्र (लाइसेन्स) वितरण तथा नविकरण रोकेको भन्दै सेवाग्राहीहरुले कार्यालय प्रमुख तेजनारायण यादवलाई कार्यकक्षमै थुनेका हुन् । सेवाग्राहीहरुले कार्यालय परिषरमा नाराबाजी तथा प्रदर्शन समेत गरेका छन् । प्रदर्शन गर्दै एकान्तकुनामा यातायात अवरुद्ध पारेका छन् ।

चुनावका कारण रोकिएको लाइसेन्स वितरण तथा नविकरण आइतबारबाट सुरु भएको थियो । पहिलो दिन झण्डै ५ सयले आवेदन दिएपनि सोमबार सर्बर विग्रिएको थियो । अनलाइन आवेदन दिन नपाएकाहरुले एकान्तकुना पुगेर लिखित आवेदन दिए । तर, लिखित आवेदन नलिने भनेपछि कर्मचारीमाथि हातपातको प्रयास भएको छ ।

मंगलबार पनि सर्बरमा समस्या आएको छ । एकान्तकुनास्थित कार्यालयमा पुगेका सेवाग्राहीले कार्यालयमा तालाबन्दी गरेका छन् र सडकमा नाराबाजी तथा प्रदर्शन गरिरहेका छन् ।

सेवाग्राहीहरुले भने आफूहरुलाई सर्बर विग्रिएको भन्दै लाइसेन्स नदिएको तर, केहीलाई भने भित्रभित्रै दिने गरेको पाइएको आरोप लगाएका छन् । गत असार ९ गतेको कुपन भएकाहरुले समेत अझैसम्म लाइसेन्स नपाएको उनीहरुको गुनासो छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org