ताजा समाचार

चोरी गाडी दर्ता गराउने यातायताका निमित्त प्रमुखसहित ७ कर्मचारी निलम्बित


कञ्चनपुर, ६ साउन । यातायात ब्यवस्था कार्यालय महाकालीका निमित्त कार्यालय प्रमुखसहित सात जना कर्मचारी निलम्बित भएका छन् । भारतबाट चोरीपैठारी गरी ल्याएका १९ थान सवारीसाधन यातायात कार्यालय महाकालीमा दर्ता गरे सञ्चालन गर्न अभियोगमा कर्मचारीहरुलाई निलम्बन गरिएको हो ।

भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले निमित्त कार्यालय प्रमुख हेमन्तबहादुर सिंह, मेकानिकल ईन्जिनिय दीपक थापा, नायकसुब्बहरु नरेन्द्रराज जोशी, तारादत्त भट्ट, महादेश भट्ट निलम्बन गरेको हो ।

निमित्त कार्यालय प्रमुख हेमन्त बहादुर सिंह घरेलु तथा साना उद्योग कार्यालयबाट ५ महिना अघि मात्रै यातायात कार्यालयमा काज सरुवा हुनुभएको थियो । कार्यालय प्रमुख बाशुदेव रेग्मी काज सरुवा भएर पुतलीबजार नगरपालिका स्याङ्गजामा गएपछि सिंहले ३ महिनाअघि मात्रै निमित्त कार्यालयको प्रमुखको जिम्मेवारी पाउनुभएको थियो । उहाँ अहिले शाखा अधिकृत हुनुहुन्छ ।

कञ्चनपुर प्रहरीले नक्कली कागजात बनाई चोरीका गाडी नेपालमा किनबेच गर्दै आएको गिरोहलाई एकसाता अघि पक्राउ गरेपछि भारतबाट भित्र्याईएका चोरीका गाडीलाई दर्ता गरेर सञ्चालनको अनुमति दिने काममा यातायात व्यवस्था कार्यालयका कर्मचारीहरु नै संलग्न रहेको पाईएपछि अनुसन्धानका लागि विभागले उनीहरुलाई निलम्बन गरेको हो । यातायात व्यवस्था कार्यालय सेती अञ्चल कार्यालयमा समेत केही सवारी दर्ता भएपनि त्यहाँका कर्मचारीहरुलाई भने कुनै कारबाही गरिएको छैन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org