ताजा समाचार

भोजपुरका ३ बालबालिका हत्या प्रकरण रहस्यमय बन्दै, सीआइबीद्धारा अनुसन्धान सुरु

भोजपुर, १५ साउन । एक महिनाअघि ३ बालबालिकाको हत्या भएको विषयमा नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान सुरु गरेको छ । अरुण गाउँपालिका ३ प्याउलीमा एक महिनाअघि ३ बालबालिकाको हत्या भएको थियो । उक्त हत्या विषयमा एक महिना वित्दापनि प्रहरीले गरिरहेको अनुसन्धानमा कुनै उपलब्धि हात नपरेपछि सिआईबीले अनुसन्धान सुरु गरेको हो ।

प्रहरीको अनुसन्धानको गति सुस्त भएपछि चौतर्फी बिरोध हुन थालेको थियो । बिरोधपछि शनिबारदेखि सीआईबीले अनुसन्धान सुरु गरेको हो । प्रहरी नायव उपरीक्षक ददीराम न्यौपानेको नेतृत्वमा रहेको अनुसन्धान टोलीले शनिबारबाट अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

असार १० गते घरबाट हराएका बालबालिकाहरुको १२ गते स्थानीय तोरन कार्कीको माछा पोखरीमा शव भेटिएको थियो । घटना लगत्तै जिल्ला र विराटनगरस्थित क्षेत्रीय प्रहरी कार्यालयको टोलीले अनुसन्धान गरे पनि लामो समयसम्म घटना रहस्यमय नै रहनुमा स्थानीय र सरोकारवालाले विरोध जनाइरहेका छन् । घटनाको निष्पक्ष छानविन गरी दोषीलाई चाँडो कानुनको दायरामा ल्याउन राजकुमार खत्रीको संयोजकत्वमा स्थानीयले संघर्ष समितिसमेत बनाएका छन् । उनीहरुले दबावस्वरुप विरोधका कार्यक्रमहरु गर्दै आएका छन् ।

प्याउलीमा गत असार १२ गते बिहान स्थानीय रवीन्द्र सापकोटाका १४ वर्षीय छोरा रन्जित सापकोटा, चेतनाथ फुयाँलका १३ वर्षीया छोरी शुस्मा फुयाँल र ८ वर्षीय छोरा प्रदीप फुयाँल मृत अवस्थामा भेटिएका थिए । शवको पोष्टमार्टमको प्रारम्भिक रिपोर्ट अनुसार तीनै जना बालबालिकाको घाँटीमा बिषसहितको चुइङगम अड्किएको पाइएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org