संघीय ढाँचामा जान लागेको नेपाली सेनाको संरचना यस्तो हुनेछ
काठमाडौं, १८ साउन । नेपाली सेनाले मुलुकको संघीय ढाँचालाई मान्य हुने गरी संगठन तथा कमान्ड परिचालन गर्न चुस्त संरचना निर्माण प्रक्रिया अघि बढाएको छ। पहिलो चरणको स्थानीय निर्वाचनअघि भएको मन्त्रिपरिषद् निर्णयअनुसार नेपाली सेनाले आफ्नो संरचना परिवर्तन गर्न लागेको हो।
सरकारको निर्णयअनुरूप हरेक प्रदेशमा नेपाली सेनाको पृतनालाई मुख्यालयका रूपमा राखेर त्यसअनुसारको कमान्ड संरचना तथा संख्या तय गर्ने गृहकार्य अन्तिम चरणमा पुगेको खबर आजको कान्तिपुर दैनिकमा छ । जसअनुसार संख्या नबढाई संरचना चुस्त बनाउँदै दुई पृतना थप्ने तयारी छ। सेनामा संख्या पनि बढाउने बहस भए पनि हाललाई यही संख्याबाट पद मिलान गर्दै पृतना थप्न लागिएको हो।
नवनियुक्त रक्षामन्त्री भीमसेनदास प्रधानले सेनाको संगठन पुनः संरचनालाई प्राथमिकतासाथ अघि बढाउन लागिएको बताए। २०७२ फागुनमा गठित ‘रक्षा मन्त्रालय र नेपाली सेनाको सांगठनिक पुनः ढाँचासम्बन्धी अध्ययन कार्यदल’ ले दिएको सुझावका आधारमा काम अघि बढाइएको उनले बताए। सेनाको वर्तमान संरचना विकास क्षेत्र, अञ्चल र जिल्लामा आधारित छ। देशको राजनीतिक तथा प्रशासनिक विभाजनअनुसार बनाइएको यसखाले सैनिक संरचनालाई अब प्रादेशिक तहमा लगिनेछ।
उपत्यका र हरेक प्रदेशमा पृतना मुख्यालय राख्ने गृहकार्य अन्तिम चरणमा पुगेको सेनाका प्रवक्ता सहायक रथी झंकरबहादुर कडायतले जानकारी दिए। नयाँ संरचनाअनुसार पृतनाहरूको संख्या ८ हुने भएकाले दुई पृतनापतिको व्यवस्थापनका लागि दरबन्दी समायोजन तयारीसमेत अन्तिम चरणमा पुगेको सैन्यस्रोतले जनायो। अहिले पाँच विकास क्षेत्र र राजधानीमा गरी सेनाका ६ वटा पृतना छन्।
पूर्वाञ्चलको इटहरी, मध्यमाञ्चलको हेटौंडा, पश्चिमाञ्चलको पोखरा, मध्यपश्चिमाञ्चलको सुर्खेत र सुदूरपश्चिमाञ्चलको धनगढी तथा उपत्यकामा एउटा पृतना मुख्यालय छ । अब दुई नम्बर र पाँच नम्बर प्रदेशमा पृतना थपिनेछन्। हरेक प्रदेशमा पृतना रहने र त्यो क्षेत्रको कमान्ड त्यही पृतनाबाट रहने भए पनि मुख्य कमान्ड भने केन्द्रीय प्रणालीबाट हुनेछ । सुरक्षाको नेतृत्व पनि केन्द्रमै रहनेछ।
पृतनाले आफ्नो प्रदेशअन्तर्गतका सबै बाहिनी, गण, गुल्म तथा अन्य युनिटहरूको समन्वय गर्ने गरी नयाँ संरचना तय गर्न लागिएको स्रोत बताउँछ। सेनाको कमान्ड संरचनामा तीन टुकडी बराबर एक गुल्म, तीन गुल्म बराबर एक गण, तीन गण बराबर एक बाहिनी र तीन बाहिनी बराबर एक पृतना रहन्छन्।
सबै प्रदेशमा सुरक्षा सन्तुलन र कमान्ड संरचना मिलाउन संख्यादेखि अन्य दरबन्दीसमेत हेरफेर गर्न लागिएको सैन्य अधिकारीले जनाए। संरचनामा हेरफेर भए पनि तत्काल दरबन्दी तथा संख्या भने बढ्ने छैन। नेपाली सेनामा हाल करिब ९६ हजारको संख्यामा दरबन्दी छ।
Comments
अरु समाचार
-
यसरी मनाइँदैछ विश्व पर्यटन दिवस
काठमाडौँ, ११ असोजः आज सेप्टेम्बर २७ अर्थात् ४५औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । दिवसलाई...
-
शुक्रबार र शनिबार हिमाली तथा पहाडी जिल्लामा रात्रिबस नचलाउन विपद् प्राधिकरणको आग्रह
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम तथा न्यूनीकरण प्राधिकरणले आगामी चार दिन भारी वर्षाको सम्भावना रहेकाले उच्च जोखिम रहेका हिमाली र...
-
एकसय ५९ अधिवक्तालाई ‘वरिष्ठ अधिवक्ता’को उपाधि दिइने
काठमाडौँ। सर्वोच्च अदालतले एकसय ५९ अधिवक्ताहरुलाई वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्ने निर्णय गरेको छ । सर्वोच्च अदालतको पूर्ण बैठक (फूल...
-
भैरहवा भन्सारबाट व्यापक राजस्व छली
काठमाडौं । भैरहवा भन्सार जस्तो देशको दोस्रो ठुलो भन्सार कार्यालयमा विगतमा रसुवा र मेची भन्सार कार्यालय बस्दा धेरै राजस्व चुहावट...
-
उपनिर्वाचनका लागि मंसिर २ गते मनोनयन दर्ताको समय
काठमाडौं । स्थानीय तह उपनिर्वाचनका लागि आगामी मङ्सिर २ गते उम्मेदवारी दर्ता हुने भएको छ । निर्वाचन आयोगले बिहीबार प्रेस...
-
सभापति पक्राउ पर्ने सम्भावना बढेको भन्दै चीन गएको रास्वपाको टोली स्वदेश फर्कियो
काठमाडौं । पहिलो पटक चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चीन भ्रमणमा गएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को टोली बिहिबार काठमाडौँ...
-
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, एक जना घाइते
काठमाडौं । बाँकेमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, भने अर्का एक जना घाइते भएका छन् । राप्तीसोनारी...
-
भरतपुर महानगरपालिकाद्वारा अतिक्रमित संरचना हटाउन सुरु
काठमाडौं । भरतपुर महानगरपालिकाले पुङ्गी खोला मिचेर बनाइएका संरचना भत्काउन थालेको छ । नारायणगढको लायन्सचोकदेखि प्रहरी तालिम केन्द्रसम्मका संरचना भत्काउन...
-
लुम्बिनी प्रदेश सरकारले विश्व पर्यटन दिवस दाङमा मनाउने
काठमाडौं । लुम्बिनी प्रदेश सरकार, उद्योग पर्यटन तथा यातायात मन्त्रालय पर्यटन विकास परिषद् र घोराही उपमहानगरपालिकाको संयुक्त आयोजनामा यही असोज...