२ नम्बर प्रदेशको चुनावभर माओवादी केन्द्रले पार्टी ‘हेडक्वार्टर’ नै मधेसमा राख्ने
काठमाडौं, १८ साउन । दुई नम्बर प्रदेशको निर्वाचन तयारीका लागि माओवादी केन्द्रले पार्टी ‘हेडक्वार्टर’ नै मधेसमा राख्ने भएको छ । अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, रामबहादुर थापालगायत शीर्ष नेता निर्वाचन अवधिभर मधेसमा रहने गरी पार्टी ‘हेडक्वार्टर’ मधेसमै राख्न लागिएको हो।
माओवादी केन्द्रले सोमबार र मंगलबार चुनावी रणनीति तय गर्न आयोजना गरेको प्रशिक्षण पछि ‘हेडक्वार्टर’ नै मधेसमा परिचालित हुने गरी कार्यक्रम बनेको दुई नम्बर प्रदेशका संयोजक विश्वनाथ साहले जानकारी दिए । अध्यक्ष दाहाल, वरिष्ठ नेता श्रेष्ठ र थापालगायत नेता भदौ पहिलो सातादेखि मधेसमै केन्द्रित हुनेछन् । पार्टी बैठक र प्रशिक्षण सकेर मंगलबार काठमाडौं फर्के पनि नेता फेरि एक सातापछि नै मधेस झर्ने योजना बनेको छ ।
‘अध्यक्षलगायत शीर्ष नेता चुनाव हुने दिनसम्मै मधेसमै बाक्लो उपस्थिति जनाई परिचालित हुनुहुन्छु,’ साहलले भने । दाहाल, श्रेष्ठ र थापा मात्रै होइन, दुई नम्बर प्रदेशका आठै जिल्लामा जिल्लाले मागेका जुनसुकै शीर्ष नेतालाई जिम्मेवारी नै तोकेर परिचालन गर्ने योजना पनि माओवादीले बनाएको छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।
Comments
अरु समाचार
-
‘‘संविधानको पूर्ण कार्यान्वयन भए जनताको निराशा हटनेछ’’: मन्त्री गुरुङ
काठमाडौं । संविधान कार्यान्वयनका नौ वर्षलाई हेर्दा निराश हुनुपर्ने अवस्था छैन । विश्वका अन्य देशमा नयाँ संविधान बनिसकेपछिको अभ्याससँग तुलना...
-
संवैधानिक स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्नेमा प्रधानमन्त्रीको जोड
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले दिएको स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्ने बताएका छन् । संविधान दिवसका अवसरमा आज...
-
संविधानको मर्मअनुरुप काम गर्नुपर्छः मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानको मर्मअनुरुप कार्यसम्पादन गर्नुपर्नेमा जोड दिएका छन् । साथै उनले मुलुकलाई सामाजिक न्यायसहित...
-
जम्मू–कश्मीर विधानसभा चुनावमा ५९.१९ प्रतिशत मतदान
दिल्ली । जम्मू–कश्मीरमा बुधबार भएको विधानसभा चुनावको पहिलो चरणमा साँझ पाँच बजेसम्म ५९ दशमलव १९ प्रतिशत मतदान भएको छ ।...
-
संविधान दिवस २०८१ आज हर्षोल्लासका साथ मनाइँदै
काठमाडौँ । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइँदैछ । नेपाल...
-
दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरीलाई अदालतले दियो अनुमति
काठमाडौं । बी एन्ड सी मेडिकल कलेज झापाका सञ्चालक दुर्गा प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । बुधबार काठमाडौं जिल्ला...
-
वनमन्त्री शाहीसँग कतारका राजदूतको शिष्टाचार भेट
काठमाडौं । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीसँग नेपालका लागि कतारका राजदूत मिशाल मोहमद अल अन्सारीले शिष्टाचार भेट भएको...
-
एसइई नतिजामा उल्लेख्य सुधार ल्याउन नीतिगत पहल सुरु भइसकेको छ: प्रधानमन्त्री ओली
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजालाई लगभग ७० प्रतिशतसम्म पुर्याउन नीतिगत पहल...
-
कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेशसभामा विश्वासको मत लिने भएका छन् । विश्वासको मत प्रयोजनका लागि दिउँसो...