ताजा समाचार

राजपाको एकता एक वर्ष पनि नटिक्ने संकेत, आधा दर्जन नेताद्वारा पदाधिकारी बैठक बहिष्कार

काठमाडौं, २० साउन । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको बुधबार प्रारम्भ भएको पदाधिकारी बैठक वरिष्ठ नेता हृदयेश त्रिपाठी समूहले बहिष्कार गरेको छ । त्रिपाठी समूहका सांसद्हरु सर्वेन्द्रनाथ शुक्ल, वृजेशकुमार गुप्ता, अकबालअहमद साह, कमलेश्वर पुरी गोस्वामीसहित आधा दर्जन नेता छन् ।

पदीय विवादकै कारण पदाधिकारी बैठक बहिष्कार गरेको त्रिपाठी समूहका एक नेताले बताए । बैठकको दोस्रो दिन बिहीबार त्रिपाठी समूहले अध्यक्ष महन्थ ठाकुरलाई भेटी पदीय विवाद मिलाउँदै प्रजातान्त्रिक प्रक्रियाबाट अघि बढ्न सुझाव दिएको आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org