एक सातामा सर्पको टोकाइबाट तीन जनाको मृत्यु
बर्दिवास, २० साउन । महोत्तरीको बर्दिवास नगर क्षेत्रमा एक साताभित्रै विषालु सर्पको टोकाइबाट तीनजनाको मृत्यु भएको छ । गत आइतबारदेखि आजसम्ममा बर्दिवास नगरपालिका–१ को मुख्यचोक आसपासमै तीनजनाको सर्पको टोकाइबाट मृत्यु भएको हो ।
बिहीबार बर्दिवास–१ कै १९ वर्षीया रबिना गौतमको सर्पको टोकाइबाट मृत्यु भएको छ । जनता बहुमुखी क्याम्पस बर्दिवासमा स्नातक तहमा अध्ययनरत गौतमलाई बिहीबार बिहान विषालु सर्प करैतले डसेको थियो । यसअघि मङ्गलबार बर्दिवास–१ कै औरहीरोडमा चार वर्षीया बालिका र गत आइतबार यहीँकै १५ वर्षीय किशोर आशीष अधिकारीको सर्पको टोकाइबाट मृत्यु भएको थियो ।
करैतको टोकाइ सर्प नदेख्दा कमिलाले टोकेको भान हुने हुँदा उपचारमा पुर्याउन ढिलाइ भएर मृत्यु हुने गरेको पाइएको छ । गोमनको ठूलो स्वरको फुङ्कार हुने हुँदा तत्कालै सर्पले टोकेको थाहा पाइने र करैतको टोकाइ लाटो हुने भएकाले सर्प नदेख्दा धेरै पछि बिरामीको अवस्था गम्भीर भएपछि मात्र देखिने लक्षणले सर्पले टोकेको बुझिने हुँदा करैतको टोकाइमा झुक्किने गरेको सर्प दंश उपचार केन्द्र, बर्दिवासका अध्यक्ष कृष्ण देवकोटाले बताउनुभयो । यो सातामा मृत्यु भएका तीनै जनालाई करैतले नै टोकेको पाइएको छ ।
पछिल्लो साताको प्रचण्ड गर्मी र वर्षाबीच सर्पको बिगबिगी बढे पनि बर्दिवासस्थित सर्प दंश उपचार केन्द्रमा सर्प दंशको उपचारमा प्रयोग गरिने एन्टी स्नेक भाइलको अभाव, भाइल सुरक्षित भण्डारण गर्न ठाउँ र उपकरणको अभाव एवम् व्यवस्थापकीय समस्याले कैयौँ पटक बिरामीलाई अन्यत्र लान बताइँदा मानवीय क्षति बढ्ने गरेको बर्दिवासका सामाजिक, राजनीतिक कार्यकर्ता अम्बिकाप्रसाद गौतम बताउनुहुन्छ ।
अब बढ्दो मानवीय क्षतिलाई मध्यनजर गरी बर्दिवास नगरपालिका, अन्य सरकारीरगैरसरकारी सङ्घसंस्था र स्थानीय राजनीतिक दलले उपचार केन्द्रको सुविधा र साधनस्रोत बढाउने तर्फ ध्यान दिनुपर्ने सर्वसाधारणले बताएका छन् ।
Comments
अरु समाचार
-
‘सबै क्षेत्रमा महिलाको सहभागिता वृद्धि गर्न आवश्यक छ’: मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सबै क्षेत्रमा महिलाको सहभागिता वृद्धि गर्नुपर्ने आवश्यकता रहेको जनाएका छन्। नेपाल बार एशोसिएसन...
-
भ्रष्टाचार निवारण ऐनको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने
काठमाडौं । प्रतिनिधिसभाका सांसदहरुले ‘भ्रष्टाचार निवारण ऐन, २०५९’ को प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन् । ट्रासपरेन्सी इन्टरनेशन (टीआई) नेपालले आज...
-
दुर्घटनाग्रस्त दक्षिण कोरियाली यात्रुवाहक विमानको ‘ब्ल्याक बक्स’ भेटियो, १६७ को मृत्यु भएको पुष्टि
काठमाडौं । दक्षिण कोरियाको यातायात मन्त्रालयले आइतबार आफ्नो अनुसन्धान एकाइले दुर्घटनाग्रस्त यात्रुवाहक विमानबाट दुवै ‘ब्ल्याक बक्स’ सुरक्षित निकालेको जनाएको छ...
-
पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा फर्किन खोज्नु स्वागतयोग्य : शंकर पोखरेल
काठमाडौं । सत्तारूढ नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी फेरि राजनीतिमा आउन खोजेको भए स्वागतयोग्य रहेको बताएका छन्...
-
नेप्से परिसूचक २१ अङ्कले घट्यो
काठमाडौं । साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २१ दशमलव १२ अङ्कले घटेर दुई हजार छ सय...
-
पर्यटकको आकर्षक केन्द्र बन्दै जखेरा ताल
काठमाडौं । लमही नगरपालिका–३ मा पर्ने जखेरा ताल पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । तालको मनमोहक दृश्यले...
-
विकास निर्माणको काम प्रकृतिमैत्री ढंगले गरौँः उपप्रधानमन्त्री सिंह
काठमाडौं । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री तथा नेपाली कांग्रेस नेता प्रकाशमान सिंहले जलवायु परिवर्तनको असरबाट नेपाल प्रभावित भएको भन्दै...
-
खेलकुदका माध्यमबाट समृद्ध मुलुक र सशक्त समाज निर्माणमा योगदान पुग्ने : मन्त्री चौधरी
काठमााडैं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुदका माध्यमबाट समृद्ध मुलुक र सशक्त समाज निर्माणमा योगदान पुग्ने बताएका छन् ।...
-
लम्सुवघाटमा झोलुङ्गे पुल निर्माण
काठमाडौं । अरुण नदीको लम्सुवाघाटमा तीन पाङ्ग्रे सवारीसाधन गुड्न मिल्ने मापदण्डको झोलुङ्गे पुल निर्माण गरिएको छ । झोलुङ्गे पुल प्रायः...