एक सातामा सर्पको टोकाइबाट तीन जनाको मृत्यु
बर्दिवास, २० साउन । महोत्तरीको बर्दिवास नगर क्षेत्रमा एक साताभित्रै विषालु सर्पको टोकाइबाट तीनजनाको मृत्यु भएको छ । गत आइतबारदेखि आजसम्ममा बर्दिवास नगरपालिका–१ को मुख्यचोक आसपासमै तीनजनाको सर्पको टोकाइबाट मृत्यु भएको हो ।
बिहीबार बर्दिवास–१ कै १९ वर्षीया रबिना गौतमको सर्पको टोकाइबाट मृत्यु भएको छ । जनता बहुमुखी क्याम्पस बर्दिवासमा स्नातक तहमा अध्ययनरत गौतमलाई बिहीबार बिहान विषालु सर्प करैतले डसेको थियो । यसअघि मङ्गलबार बर्दिवास–१ कै औरहीरोडमा चार वर्षीया बालिका र गत आइतबार यहीँकै १५ वर्षीय किशोर आशीष अधिकारीको सर्पको टोकाइबाट मृत्यु भएको थियो ।
करैतको टोकाइ सर्प नदेख्दा कमिलाले टोकेको भान हुने हुँदा उपचारमा पुर्याउन ढिलाइ भएर मृत्यु हुने गरेको पाइएको छ । गोमनको ठूलो स्वरको फुङ्कार हुने हुँदा तत्कालै सर्पले टोकेको थाहा पाइने र करैतको टोकाइ लाटो हुने भएकाले सर्प नदेख्दा धेरै पछि बिरामीको अवस्था गम्भीर भएपछि मात्र देखिने लक्षणले सर्पले टोकेको बुझिने हुँदा करैतको टोकाइमा झुक्किने गरेको सर्प दंश उपचार केन्द्र, बर्दिवासका अध्यक्ष कृष्ण देवकोटाले बताउनुभयो । यो सातामा मृत्यु भएका तीनै जनालाई करैतले नै टोकेको पाइएको छ ।
पछिल्लो साताको प्रचण्ड गर्मी र वर्षाबीच सर्पको बिगबिगी बढे पनि बर्दिवासस्थित सर्प दंश उपचार केन्द्रमा सर्प दंशको उपचारमा प्रयोग गरिने एन्टी स्नेक भाइलको अभाव, भाइल सुरक्षित भण्डारण गर्न ठाउँ र उपकरणको अभाव एवम् व्यवस्थापकीय समस्याले कैयौँ पटक बिरामीलाई अन्यत्र लान बताइँदा मानवीय क्षति बढ्ने गरेको बर्दिवासका सामाजिक, राजनीतिक कार्यकर्ता अम्बिकाप्रसाद गौतम बताउनुहुन्छ ।
अब बढ्दो मानवीय क्षतिलाई मध्यनजर गरी बर्दिवास नगरपालिका, अन्य सरकारीरगैरसरकारी सङ्घसंस्था र स्थानीय राजनीतिक दलले उपचार केन्द्रको सुविधा र साधनस्रोत बढाउने तर्फ ध्यान दिनुपर्ने सर्वसाधारणले बताएका छन् ।
Comments
अरु समाचार
-
यसरी मनाइँदैछ विश्व पर्यटन दिवस
काठमाडौँ, ११ असोजः आज सेप्टेम्बर २७ अर्थात् ४५औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । दिवसलाई...
-
शुक्रबार र शनिबार हिमाली तथा पहाडी जिल्लामा रात्रिबस नचलाउन विपद् प्राधिकरणको आग्रह
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम तथा न्यूनीकरण प्राधिकरणले आगामी चार दिन भारी वर्षाको सम्भावना रहेकाले उच्च जोखिम रहेका हिमाली र...
-
एकसय ५९ अधिवक्तालाई ‘वरिष्ठ अधिवक्ता’को उपाधि दिइने
काठमाडौँ। सर्वोच्च अदालतले एकसय ५९ अधिवक्ताहरुलाई वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्ने निर्णय गरेको छ । सर्वोच्च अदालतको पूर्ण बैठक (फूल...
-
भैरहवा भन्सारबाट व्यापक राजस्व छली
काठमाडौं । भैरहवा भन्सार जस्तो देशको दोस्रो ठुलो भन्सार कार्यालयमा विगतमा रसुवा र मेची भन्सार कार्यालय बस्दा धेरै राजस्व चुहावट...
-
उपनिर्वाचनका लागि मंसिर २ गते मनोनयन दर्ताको समय
काठमाडौं । स्थानीय तह उपनिर्वाचनका लागि आगामी मङ्सिर २ गते उम्मेदवारी दर्ता हुने भएको छ । निर्वाचन आयोगले बिहीबार प्रेस...
-
सभापति पक्राउ पर्ने सम्भावना बढेको भन्दै चीन गएको रास्वपाको टोली स्वदेश फर्कियो
काठमाडौं । पहिलो पटक चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चीन भ्रमणमा गएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को टोली बिहिबार काठमाडौँ...
-
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, एक जना घाइते
काठमाडौं । बाँकेमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, भने अर्का एक जना घाइते भएका छन् । राप्तीसोनारी...
-
भरतपुर महानगरपालिकाद्वारा अतिक्रमित संरचना हटाउन सुरु
काठमाडौं । भरतपुर महानगरपालिकाले पुङ्गी खोला मिचेर बनाइएका संरचना भत्काउन थालेको छ । नारायणगढको लायन्सचोकदेखि प्रहरी तालिम केन्द्रसम्मका संरचना भत्काउन...
-
लुम्बिनी प्रदेश सरकारले विश्व पर्यटन दिवस दाङमा मनाउने
काठमाडौं । लुम्बिनी प्रदेश सरकार, उद्योग पर्यटन तथा यातायात मन्त्रालय पर्यटन विकास परिषद् र घोराही उपमहानगरपालिकाको संयुक्त आयोजनामा यही असोज...