ताजा समाचार

डा. केसीको समर्थनमा त्रिविका आंशिक प्राध्यापकद्वारा ६० वटै आंगिक क्याम्पसमा तालाबन्दी

काठमाडौं, २६ साउन । १८ दिनदेखि अनसन डा. गोविन्द केसीको समर्थनमा त्रिविका आंशिक प्राध्यापकहरुले ६० वटै आंगिक क्याम्पसमा तालाबन्दी गरेका छन् । १८ दिनदेखि अनसन बस्दा पनि माग पूरा नभएपछि आंशिक प्राध्यापकले आज त्रिविका ६० वटै आंगिक क्याम्पसमा तालाबन्दी गरेका हुन् ।

त्रिभुवन विश्वविद्यालयका सबै आंगिक क्याम्पसका प्रमुख, लेखा शाखा र प्रशासन शाखामा तालाबन्दी गरिएको आंगिक प्राध्यापक संघका अध्यक्ष शशीकुमार शर्माले जानकारी दिए । आजदेखि आंशिक प्राध्यापकले पठनपाठन पनि बहिष्कार गरेको उनले बताए । वर्षौदेखि आंशिक रुपमा पढाइरहेका प्राध्यापकलाई करार नियुक्त गर्नुपर्ने लगायत माग राखेर आंशिक प्राध्यापकले १८ दिनदेखि त्रिभुवन विश्वविद्यालयको केन्द्रीय कार्यालय बाहिर रिले अनुसन बसिरहेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org