ताजा समाचार

काठमाडौंका मेयर विद्याशुन्दर १ करोड २० लाखको चढ्दा धनगढीका मेयर २ करोडको गाडीमा चढ्ने

धनगढी, २६ साउन । धनगढीका मेयर नृप बहादुर ओडले सवारी साधन खरिदका लागि भन्दै दुई करोड विनियोजन गरेका छन् । काठमाडौं महानगरका मेयर विद्या सुन्दर शाक्यले आफ्नो लागी १ करोड २० लाखको गाडी किनेको चर्चा चलिरहेका बेला धनगढीका मेयरले २ करोड विनियोजना गरेका हुन् ।

आर्थिक वर्ष २०७४/७५ का लागि प्रक्षेपित व्यव अनुमान गर्दै तयार पारिएको वार्षिक वजेटमा दुई करोडको गाडी खरिद गर्ने योजना समावेश गरिएको हो । धनगढी उपमहानगरपालिकाले चालु आर्थिक वर्षका लागि विनियोजन गरेको विभिन्न वजेट शिर्षकमा पदाधिकारी र कर्मचारीहरुलाई आर्थिक लाभ हुने गरि रकमहरु विभाजन गरेको पाईएको छ ।

वार्षिक वजेटको ठुलो हिस्सा कर्मचारी र जन प्रतिनिधिहरुको तलव भत्ता र मोजमस्तीका लागि छुट्टाईएपछि यसले उप–महानगरपालिका क्षेत्रलाई तरंगित बनाएको छ । पुजी निर्माण खर्च अन्तर्गत विनियोजन गरिएको शिर्षकमा दुई करोडको गाडीसँगै १५ लाखको फर्निचर र १० लाखका मेसिनरी औजार खरिद गर्ने उल्लेख गरिएको छ ।

कर्मचारीहरुले झण्डै २० करोड रकम आफ्नो तलवका लागि मात्रै छुट्टाएका छन् । त्यस्तै पदाधिकारीहरुको लागि ५० लाख भत्ता, ४६ लाख कर्मचारी र पदाधिकारीको लागि ईन्धन, फर्निचर मेसिनरी औजारका लागि ४५ लाख, भ्रमणका लागि ३० लाख, अतिथि सत्कारमा २० लाख र भईपरी विकास शिर्षकमा ५० लाख, गाडी मर्मतका लागि ४० लाख बजेट विनियोजन गरिएको छ ।

वार्षिक बजेटमा विविध खर्च शिर्षकमा ४६ लाख, मर्मत सम्भारमा २८ लाख, सवारी मर्मतमा २० लाख ईन्धनमा ३१ लाख, कार्यालय सम्वन्धी खर्चमा ४० लाख पोशाकमा १० लाख खाद्यान्न तथा आहारामा १० लाख औषधी उपचारमा ८ लाख भाडा वापत २८ लाख परामर्श तथा अन्य सेवा शुल्कमा ५ लाख आर्थिक सहायतमा ५ लाख परिषद सञ्चालन गर्नका लागि दुई पटक गरी १५ लाख रकम छुटाईएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org