नेपालको कानुन बनाउन विदेशीसँग प्रशिक्षण, २८ कर्मचारी ऐन मस्यौदा सिक्दै
काठमाडौं, २८ साउन । संविधानअनुसार बनाउनुपर्ने नयाँ ऐन/कानुनमा विदेशी चासो बढेको छ । कानुन निर्माणमा बाह्य प्रभाव हुन नहुने मान्यताविपरीत सचिवस्तरीय निर्णयका आधारमा सहसचिवसम्मका २८ कर्मचारी अमेरिकी दूतावासले आयोजना गरेको कानुन मस्यौदा कार्यशालामा सहभागी भएका छन्। अमेरिकी दूतावासको आयोजनामा बिहीबार सुरु कार्यशालामा कानुन मन्त्रालयका सहसचिव तोयानाथ अधिकारीसहित २८ कर्मचारी सहभागी छन्। लाजिम्पाटस्थित एक होटलमा चलिरहेको कार्यशाला शुक्रबार सकिनेछ। अमेरिकाबाट आएका प्याटरिक र नेपालकै पूर्वसचिव राजुमानसिंह मल्लले प्रशिक्षण दिइरहेका खबर आजको अन्नपूर्णमा छ ।
विभिन्न मन्त्रालयका कानुन शाखामा काम गर्ने कर्मचारीलाई कार्यशालामा सहभागी गराइएको छ। कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका कर्मचारीले विरोध गरे पनि रातारात परराष्ट्र मन्त्रालयबाट स्वीकृति लिई सचिवस्तरीय निर्णय गराएर कर्मचारी दूतावासको तालिममा सहभागी भएका हुन्। यही साउन २३ गतेको सचिवस्तरको निर्णयबाट कानुनले २८ कर्मचारीलाई दूतावासको तालिममा पठाएको हो।
‘ऐन मस्यौदाका विषयमा विदेशी संघसंस्थाले दिने प्रशिक्षण तथा कार्यशालामा सहभागी हुनु राम्रो होइन’, वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले भने, ‘यसले कानुन निर्माणमा नीतिगत प्रभाव पार्न सक्छ।’ कार्यशालामा सहभागी कानुन मन्त्रालयका सहसचिव अधिकारीले दूतावासको ‘सामान्य’ तालिममा सहभागी भएको स्वीकार गरे। भने, ‘यो कानुनको मस्यौदा कसरी गर्ने भन्ने तालिम हो, यसलाई सामान्य रूपमा लिनुपर्छ।’
कानुन व्यवसायी भने सरकारी कर्मचारीलाई नै सहभागी गराई त्यसरी दूतावासले तालिम दिनुलाई स्वाभाविक मान्न नसकिने टिप्पणी गर्छन्। ‘कानुन हामी आफैंले बनाउने हो, त्यसमा कसैको प्रभाव देखिनुहँदैन’, वरिष्ठ अधिवक्ता रामप्रसाद श्रेष्ठ भन्छन्, ‘हामी आफैंले हाम्रो सरोकारको विषयमा कानुन सुधार आयोगलाई बलियो र प्रभावकारी बनाएर त्यहींबाट तालिम, कार्यशाला गराएर जान सक्थ्यौं, विदेशी संघसंस्थाको सहयोग लिनुपर्दैनथ्यो।’
नयाँ संविधानअनुसार १३८ विषयमा कानुन बनाउनुपर्ने थियो। तीमध्ये पछिल्लो तथ्यांकका आधारमा ३६ विषयका कानुन निर्माण भएर पनि संसद्बाट पारित भइसकेका छन्। संसद्मै अहिले ४२ विषयका कानुन विचाराधीन छन्। १७ विषयका मस्यौदा तयार भइसकेका छन् भने बाँकी विषयमा सैद्धान्तिक सहमति भई अहिले मस्यौदाको चरणमा रहेको अवस्था छ।
Comments
अरु समाचार
-
बिहीवार वरिष्ठको उपाधि पाएका क्षमताहिन वकिल सर्वोच्च जान मरिहत्ते
काठमाडौं । सर्वोच्च अदालत र उच्च अदालतमा रिक्त रहेका न्यायाधीशहरूको सिफारिस र नियुक्ति गर्न न्याय परिषदुको बैठक आज (शुक्रबार) विहान...
-
विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार छः प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभालाई सम्बोधन गर्दै राष्ट्रसङ्घीय शान्ति अभियानमा सेना र प्रहरीको सबैभन्दा ठूलो...
-
कुन नदीमा कुन दिन बाढीको उच्च र अति उच्च जोखिम ?
काठमाडौँ, ११ असोजः जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले बिहीबार साँझ बाढीसम्बन्धी विशेष बुलेटिन जारी गरी मध्यम, उच्च...
-
‘नेपाल-चीनको सम्बन्ध उचाइमा पुर्याउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण ‘
काठमाडौं, असोज १० । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल-चीन सरकार र जनताबिचकोे सम्बन्धलाई उचाइमा पुर्याउन दुवै मुलुकका...
-
आज विश्व पर्यटन दिवस: विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै
काठमाडौँ, ११ असोजः आज सेप्टेम्बर २७ अर्थात् ४५औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । दिवसलाई...
-
शुक्रबार र शनिबार हिमाली तथा पहाडी जिल्लामा रात्रिबस नचलाउन विपद् प्राधिकरणको आग्रह
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम तथा न्यूनीकरण प्राधिकरणले आगामी चार दिन भारी वर्षाको सम्भावना रहेकाले उच्च जोखिम रहेका हिमाली र...
-
एकसय ५९ अधिवक्तालाई ‘वरिष्ठ अधिवक्ता’को उपाधि दिइने
काठमाडौँ। सर्वोच्च अदालतले एकसय ५९ अधिवक्ताहरुलाई वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्ने निर्णय गरेको छ । सर्वोच्च अदालतको पूर्ण बैठक (फूल...
-
भैरहवा भन्सारबाट व्यापक राजस्व छली
काठमाडौं । भैरहवा भन्सार जस्तो देशको दोस्रो ठुलो भन्सार कार्यालयमा विगतमा रसुवा र मेची भन्सार कार्यालय बस्दा धेरै राजस्व चुहावट...
-
उपनिर्वाचनका लागि मंसिर २ गते मनोनयन दर्ताको समय
काठमाडौं । स्थानीय तह उपनिर्वाचनका लागि आगामी मङ्सिर २ गते उम्मेदवारी दर्ता हुने भएको छ । निर्वाचन आयोगले बिहीबार प्रेस...