ताजा समाचार

काठमाडौंको मध्यभाग भएर बग्ने विष्णुमतीको उद्घाटन पनि नगरिएको नयाँ पुल भाँचिएर बगायो


काठमाडौं, २७ साउन । विष्णुमती नदीमा पानीको बहाव बढेपछि नयाँ पुल भाँचिएर बगाएको छ । काठमाडौं महानगरपालिका वडा नम्बर १५ र १७ को बिचबाट बग्ने विष्णुमती नदीमाथि नरदेवी, ताम्सीपाखा र डल्लु जोडिने केही समय पहिले बनाएको नयाँ पुल बगाएको हो । पुल बगाएपछि स्थानीय बासिन्दा आक्रोशित भएका छन् ।

भर्खर बनाउन सकिएको र उद्घाटनै हुन बाँकी रहेको पुल बगाएपछि सरकारी निकायका कामप्रति स्थानीय जनप्रतिनिधिले पनि आक्रोश व्यक्त गरे । वडा नम्बर १५ का वडाध्यक्ष इश्वर मान डंगोलले आफूहरुलाई कुनै जानकारी नै नदिई बनाइएको र बगाएको अवस्थामा जिम्मेवारी लिन कोही नआएको बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org